default_image

3 years ago

December 29, 2020

चेल्सी र लेस्टर बराबरीमा रोकियो

एजेन्सी – खराव लयमा रहेको लन्डन क्लब चेल्सी र लेस्टर सिटी बराबरीमा रोकिएको छ । चेल्सी घरेलु मैदानमा एस्टन भिल्लासँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलमा लिएको अग्रा जोगाउन नसक्दा चेल्सीले एस्ट भिल्लासँग अंक बाड्न बाध्य बनेको हो । पछिल्लो ५ खेलमा चेल्सीको यो पहिलो बराबरी हो । जसमा ३ हार र १ जितको […]

26 views

0 Bookmark

एजेन्सी – खराव लयमा रहेको लन्डन क्लब चेल्सी र लेस्टर सिटी बराबरीमा रोकिएको छ । चेल्सी घरेलु मैदानमा एस्टन भिल्लासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा लिएको अग्रा जोगाउन नसक्दा चेल्सीले एस्ट भिल्लासँग अंक बाड्न बाध्य बनेको हो । पछिल्लो ५ खेलमा चेल्सीको यो पहिलो बराबरी हो । जसमा ३ हार र १ जितको नतिजा निकालेको छ ।

स्टामफोर्ड ब्रिजमा सोमबार राति भएको खेलमा घरेलु टोली चेल्सीले खेलको ३४औं मिनेटमा ओलिभर जिरुउडको गोलबाट अग्रता लिएको थियो । उनले बेन चिलवेलको पासमा गोल गरेका थिए । ५०औं मिनेटमा अनवर इल घाँजीले गोल गर्दै खेललाई १–१ को अवस्थामा ल्याए । उनले माटी कासको पासमा गोल गरेका थिए ।

घरेलु टोली चेल्सीले ६४ प्रतिशत बल पोसेसन राखेपनि पुनः आक्रमणमा चुक्दा बराबरीमा रोकिन बाध्य बन्यो । प्रशिक्षक फ्रान्क लाम्पार्डले लयमा नरहेका जमैन फरवार्ड टिमो वेर्नर र मिडफिल्डर काई हार्भटजलाई दोस्रो हाफमा मैदानमा उतारेपनि जित निकाल्न सकेन । वेर्नरले पछिल्लो ९ खेलमा गोल गर्न सकेका छैनन् ।

यो बराबरीले चेल्सी १६ खेलबाट २६ अंक जोडेर छैटौ स्थानमा उक्लदा १४ खेल खेलेको भिल्लाले पनि २६ अंक जोडेर गोल अन्तरमा पाँचौ स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्काे खेलमा लेस्टर सिटी क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरीमा रोकिएकोृ छ । क्रिस्टल प्यालेसका वेलफ्रेड जाहाँले गोल गर्दा लेस्टरका हार्भे बार्नेसले बराबरी गोल फर्काएका थिए ।

यो बराबरीले लेस्टर १६ खेलबाट २९ अंक जोडेर दोस्रो स्थानमा उक्लदा प्यालेस १९ अंकसहित १३औं स्थानमा छ । शीर्षस्थानको लिभरपुलको ३२ तथा तेस्रो स्थानको एभर्टनको २९ अंक छ ।

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

Success

Thank you for your time.