default_image

3 years ago

December 29, 2020

पोग्बाप्रति फेरिएको रियल र युभेन्टसको नजर

एजेन्सी – मिडफिल्डर पाउल पोग्बा म्यानचेस्टर युनाइटेड छाड्न चाहिरहेका छन् । सरुवा बजार खुल्ने समयमा फेरि एकपटक पोग्बाको सरुवाको चर्चा सुरु भएको छ । फ्रान्सेली मिडफिल्डर पुन: एकपटक आफ्नो पूर्वक्लब युभेन्ट्स फर्कने विषयमा पनि चर्चा चलेको छ । तर इटालियन क्लबले उनीमाथि खासै चासो दिएको छैन । रियल म्याड्रिड प्रशिक्षक जिनेदिन जिदान पोग्बा प्रति लामो […]

36 views

0 Bookmark

एजेन्सी – मिडफिल्डर पाउल पोग्बा म्यानचेस्टर युनाइटेड छाड्न चाहिरहेका छन् । सरुवा बजार खुल्ने समयमा फेरि एकपटक पोग्बाको सरुवाको चर्चा सुरु भएको छ ।

फ्रान्सेली मिडफिल्डर पुन: एकपटक आफ्नो पूर्वक्लब युभेन्ट्स फर्कने विषयमा पनि चर्चा चलेको छ । तर इटालियन क्लबले उनीमाथि खासै चासो दिएको छैन । रियल म्याड्रिड प्रशिक्षक जिनेदिन जिदान पोग्बा प्रति लामो समयदेखि सकारात्मक रहँदै आएका छन् । तर म्याड्रिड क्लबले पनि पोग्बाको पछिल्लो प्रदर्शनका कारण त्यति महत्त्व दिने देखिदैन ।

यसअघि पनि पोग्बा युभेन्ट्स वा रियल जाने विषयमा चर्चा भएको थियो । त्यति बेला युभेन्ट्सले युनाइटेडसँग खेलाडी साट्न चाहेको थियो । तर, प्रिमियर लिग टोलीले भने खाली पैसाको मात्र कारोवार गर्न चाहेको थियो । त्यसबेला १ सय मिलियन युरो माग गरेको युनाइटेड अहिले भने ५० देखि ५५ मिलियन युरोमा बेच्न समेत सहमत देखिएको छ ।

युभेन्टस छाडेर युनाइटेड आएदेखि पोग्बाले निरन्तर अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् । अहिले त उनी टोलीको पहिलो रोजाइमा समेत नियमित रहेका छैनन् । उनले क्लब छाड्ने मनसाय बनाएकाले पनि युनाइटेड अब जोखिम मोल्न चाहदैन । सन् २०२२ मा सम्झौता अवधि समाप्त हुने कारण पनि युनाइटेड उनीबाट ट्रान्सफर रकम जोड्न चाहन्छ ।

दुवै रियल म्याड्रिड र युभेन्टस दुई सिजन अघिसम्म पोग्बालाई मुख्य लक्ष्य बनाएर सरुवा बजारमा अघि सरेका थिए । अहिले समयसँगै दुवै टोलीले सेन्टर मिडफिल्डलाई बलियो बनाएको अवस्था छ । अझ कोरोना भाइरसको कारण आर्थिक अवस्था कमजोर रहेकोले दुवै टोली पोग्बालाई मोटो रकम खर्चने पक्षमा छैनन् ।

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

Success

Thank you for your time.