default_image

3 years ago

December 30, 2020

नेयमार र मेस्सीको निकटता

37 views

0 Bookmark

एजेन्सी – केहि समय अघि पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारले पूर्व सहकर्मी बार्सिलोनाका लिओसनल मेस्सीसँग अर्को सिजनसँगै खेल्ने इच्छा व्यक्त गरेका थिए ।

बार्सिलोनासँग मेस्सीको सम्झौता सन् २०२१ को जुनमा सकिँदैछ । त्यहि सेरोफेरोमा नेयमारले आफ्नो चाहना व्यक्त गरेका थिए । यद्दपी नेयमारले कुन क्लबमासँगै खेल्न चाहेको भन्न चाहेनन् । कतिपयले भने नेयमारले पिएसजीमैसँगै खेल्न चाहेको संकेत गरेको अनुमान गरेका थिए ।

‘म मेस्सीसँग फेरिसँगै मैदानमा उत्रन चाहन्छु,’ नेयमारले भनेका थिए, ‘म उनीसँग खेल्न चाहन्छ । मलाई आशा छ अर्को वर्ष त्यो इच्छा पूरा हुनेछ ।’ मेस्सीले आफ्नो पछिल्लो अन्तवार्तामा नेयमारको चाहनाका बारेमा पनि बोलेका छन् ।

तर बार्सिलोनाले फेरि उनलाई भित्राउने सम्भावना भने कम रहेको बताएको थियो । क्लबको आर्थिक कारणले संघर्ष गरिरहेका कारण त्यो सम्भव नहुने मेस्सीको भनाई थियो ।

‘स्तरीय खेलाडी ल्याउन कठीन छ । किनकी क्लबसँग पैसा छैन,’ उनले भने, ‘सबै उपाधिका लागि प्रतिस्पर्धा गर्न हामीले थुप्रै ठूला खेलाडी ल्याउनुपर्ने हुन्छ । तर हामी पैसा तिर्न सक्दैनौं । नेयमार निकै महँगा खेलाडी हुन् कसरी पिएसजीलाई तिर्नु ?’

नेयरमाले अर्को वर्ष सँगै खेल्न चाहेको बताएका विषयमा मेस्सीले भने, ‘हामीबीच अहिले पनि राम्रो सम्बन्ध छ । मलाई थाहा छैन उनले सँगै खेल्ने बारेमा के भने’, ३३ वर्षे मेस्सीले भने, ‘उनले भनेका हुनसक्छन् । तर, किन उनले त्यसो भने त्यो पनि उनलाई नै सोध्नुपर्ने हुन्छ ।’

उनले आफूहरुबीच सम्बन्ध अझै राम्रो रहेका विषयमा थपे,’ ‘हाम्रो ह्वाट्सएप ग्रुप छ । त्यसमा लुइस सुआरेज पनि छन् । समय समयमा कुरा म्यासेज हुन्छ । पछिल्लो पटक हामीले च्याम्पियन्स लिगको खेलतालिकाका बारेमा म्यासेज गरेका थियौं । हामी अहिले नै एकअर्काको सामना गर्न चाहदैन थियौं । उनीहरु पनि बार्सिलोनालाई चाहदैनथे । किनकी हामी अहिले राम्रो लयमा छैनौं । इतिहास हेरेर हामीले एकअर्कालाई सम्मान गर्छौ । खेलमा पनि त्यो हार्दिकता छ ।’

नेयमारले त्यसो भनिरहँदा मेस्सीले बार्सिलोना छाड्न वा नछाड्ने विषयमा केहि बोलेका छैनन् ।

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

Success

Thank you for your time.