default_image

3 years ago

January 4, 2021

सिटीसँग चेल्सीको हार

एजेन्सी – खराव समयबाट गुज्रिरहेको लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग हार बेहोरेको छ । चेल्सी घरेलु मैदानमा सिटीसँग ३–१ ले पराजित भएको हो । चेल्सीको यो पछिल्लो ६ खेलमा यो चौथो हार हो । एभर्टनसँग पारजित भएको चेल्सी त्यसपछि वल्भ्स र आर्सनलसँग पराजित भएको थियो । वेस्ट ह्याम युनाइटेडमाथि जित […]

33 views

0 Bookmark

एजेन्सी – खराव समयबाट गुज्रिरहेको लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग हार बेहोरेको छ ।

चेल्सी घरेलु मैदानमा सिटीसँग ३–१ ले पराजित भएको हो । चेल्सीको यो पछिल्लो ६ खेलमा यो चौथो हार हो । एभर्टनसँग पारजित भएको चेल्सी त्यसपछि वल्भ्स र आर्सनलसँग पराजित भएको थियो । वेस्ट ह्याम युनाइटेडमाथि जित निकाल्दा चेल्सीले एस्टन भिल्लासँग बराबरी खेलेको थियो ।

लगातारको हारले चेल्सीको शीर्ष चारको सम्भावना झिनो बन्दै गएको छ । चेल्सी १७ खेलबाट २६ अंक जोडेर आठौं स्थानमा झरेको छ । चेल्सीलाई हराएको सिटी १५ खेलबाट २९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा चेल्सी पहिलो हाफमै ३–० ले पछि परेको थियो । १८औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई अघि बढाए । उनले फिल फोडेनको पासमा गोल गरेका थिए ।

२१औं मिनेटमा केभिन डि ब्रुयनको पासमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ३४औं मिनेटमा डि ब्रुयनले गोल गर्दै सिटीलाई पहिलो हाफमा ३–० ले अघि बढाए ।

३–० ले पछि परेको चेल्सीले दोस्रो हाफमा बल पोसेसनमा पकड बनाउदै आक्रमणको प्रयास गरेपनि खेलमा फर्कन सम्भव भएन । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा कलुम हड्सन ओडोइले गोल गरेपनि उक्त गोल चेल्सीका लागि सान्त्वना गोल बन्यो ।

यस्तै प्रिमियर लिगको अर्काे खेलमा लेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथि २–१ को जित निकालेको छ । लेस्टरको जितमा जेम्स म्याडिसन र युरी टिलेमान्सले गोल गरे । न्यु क्यासलका एन्डी क्यारोलले एक गोल फर्काए ।

यो जितसँगै लेस्टर १७ खेलबाट ३२ अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा १९ अंक जोडेर न्युक्यासल १५औं स्थानमा छ । शीर्षस्थानको लिभरपुल र म्यानचेस्टर युनाइटेडको समान ३३ अंक छ ।

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

Success

Thank you for your time.