default_image

3 years ago

January 4, 2021

शीर्षस्थानको मिलानको सहज जित

एजेन्सी – इटालियन सिरी ए को शीर्षस्थानमा रहेको एसी मिलानले अपराजित यात्रालाई निरन्तरता दिदा आइतबार राति बेनेभेन्टोमाथि २–० को सहज जित हात पारेको छ । १० खेलाडीमा समेटिएपनि मिलानल सहज जित हात पारेको हो । मिलानको जितमा फ्रान्क केइसी र राफयल लियोले गोल गरे । खेलको १५औं मिनेटमा फ्रान्क केइसीले पेनाल्टीमार्फत गोल गर्दै मिलानलाई १–० […]

33 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए को शीर्षस्थानमा रहेको एसी मिलानले अपराजित यात्रालाई निरन्तरता दिदा आइतबार राति बेनेभेन्टोमाथि २–० को सहज जित हात पारेको छ ।

१० खेलाडीमा समेटिएपनि मिलानल सहज जित हात पारेको हो । मिलानको जितमा फ्रान्क केइसी र राफयल लियोले गोल गरे । खेलको १५औं मिनेटमा फ्रान्क केइसीले पेनाल्टीमार्फत गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाए ।

३२औं मिनेटमा मिलान १० खेलाडीमा समेटियो । भिएआरको सहायतमा सान्द्रो टोनाली सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । ४९औं मिनेटमा राफयल लियोले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । उनले एन्टी रेबिचको पासमा गोल गरेका थिए ।

६१औं मिनेटमा घरेलु टोली बेनेभेन्टोले पेनाल्टीलाइ सदुपयोग गर्न सकेनन् । रेड क्रुनिकले पेनाल्टी बक्समा जियानलुका कापरारीलाई लडाएपछि प्राप्त पेनाल्टीमा कापरारीको पेनाल्टी बाहिरियो । त्युसपछि थप गोल निस्कन नसक्दा मिलान विजयी हुन सफल भयो ।

यो जितसँगै शीर्षस्थानको मिलानको १५ खेलबाट ३७ अंक पुगेको छ । दोस्रो स्थानको इन्टर मिलानको ३६ अंक छ । पराजित बेनोभेन्टो १८ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

Success

Thank you for your time.