default_image

3 years ago

January 4, 2021

रोनाल्डोले पेलेको कीर्तिमान तोडे

एजेन्सी –पोर्चुगल तथा युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलका ब्राजिलियन हस्ती पेलेको आधिकारिक गोलको कीर्तिमानलाई तोडेका छन् । आइतबार सिरी ए मा उडिनेसविरुद्ध युभेन्ट्सले ४–१ को सानदार जित निकालेको खेलमा रोनाल्डोले २ गोल गर्दै पेलेको कीर्तिमानलाई तोडेका हुन् । पेलेले व्यवसायिक खेल जीवनमा ७ सय ५७ आधिकारिक गोल गरेको तथ्याङ्क छ । पेलेले सन् १९५६ […]

60 views

0 Bookmark

एजेन्सी –पोर्चुगल तथा युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलका ब्राजिलियन हस्ती पेलेको आधिकारिक गोलको कीर्तिमानलाई तोडेका छन् ।


आइतबार सिरी ए मा उडिनेसविरुद्ध युभेन्ट्सले ४–१ को सानदार जित निकालेको खेलमा रोनाल्डोले २ गोल गर्दै पेलेको कीर्तिमानलाई तोडेका हुन् । पेलेले व्यवसायिक खेल जीवनमा ७ सय ५७ आधिकारिक गोल गरेको तथ्याङ्क छ ।

पेलेले सन् १९५६ देखि १९७७ बीचको दौरानमा सान्तोस, न्युयोर्क कसमस र ब्राजिलबाट गोल गरेका थिए । रोनाल्डोले राष्ट्रिय टोली र क्लबबाट खेल्दै ७ सय ५८ गोल गरेका छन् ।

यस्तै रोनाल्डो क्लब र राष्ट्रबाट सर्वाधिक गोल गर्नेको सुचीमा दोस्रो स्थानमा उक्लिएका छन् । रोनाल्डोभन्दा अघि जोसेफ बिकान अघि रहेका छन् । उनको नाममा ७ सय ५९ गोल छ । बिकानको कीर्तिमानलाई रोनाल्डोले अर्को साता तोड्ने सम्भावना छ । युभेन्टसले अर्को साता एसी मिलानसँग प्रतिस्पर्धा गर्दैछ ।

रोनाल्डोले क्लबबाट ६ सय ५६ गोल गरेका छन् । जसमा रियल म्याड्रिडबाट ४ सय ५० गोल गरेका छन् । पोर्चुगलबाट १ सय २ गोल गरेका छन् । यो गोलको आधारमा रोनाल्डो १८ सिजनमा एक सिजनमा प्रति सिजन ४२ गोलको औसत छ ।

अर्जेन्टिनी तथा बार्सिलोनाका कप्तान लिओनल मेस्सीले अहिले सम्म ७ सय ४२ गोल गरेका हन् । केहि दिन अघि नै मेस्सीले पेलेको एकै खेल क्लबबाट गरेको गोलको कीर्तिमानलाई तोडेका थिए । यद्दपी सान्तोसले उक्त कीर्तिमान गलत रहेको बताएको थियो ।

यो पनि : मेस्सी अझै पेलेभन्दा पछि रहेको सान्तोसको दावी

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

Success

Thank you for your time.