default_image

3 years ago

January 5, 2021

माघे संक्रान्ती फुटबल यसै साता सुरु हुने

77 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल मगर संघ नक्सलबारी मोरङको आयोजनामा माघे संक्रान्ती खुला नकआउट फुटबल प्रतियोगिता यसै साता सुरु हुने भएको छ ।

नक्सलबारी खेल मैदानमा शुक्रबार सुरु हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहने आयोजक संघले जनाएको छ । ६ दिन सम्म चल्ने प्रतियोगिताको विजेताले ५१ र दोस्रो हुने टोलीले ३१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा लेटाङ एफसी, नक्सलबारी एफसी, सेती सल्ले युनियन केराबारी, रारा एफसी राजारानी धनकुटा छन् । त्यस्तै डिएफसी मोरङ, तलतलिया एफए इटहरी, एपिएफ पकली सुनसरी र विराटनगर एफसी समूह ‘बी’मा छन् ।

जन ज्योति क्लब र नक्सलबारी एफसीले संयोजन गर्ने प्रतियोगितालाई गोदावरी विद्या मन्दिर स्कुलले प्रायोजन गरेको छ भने उज्यालो प्रदेश डट कम मिडिया पार्टर रहेको छ ।

त्यस्तै चिसाङ क्रसर उद्योग, उत्तरी मोरङ क्रसर उद्योग र मोरङ कन्स्ट्रसन सह प्रायोजक रहेको प्रतियोगिताको सहयोगीका रुपमा बेलबारी नगरपालिका र नक्सल सामुदायिक बन बेलबारी १ रहेका छन् । उद्घाटन खेल नक्सलबारी एफसी र लेटाङ एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

May 12, 2024

सानेपाको खालीबारीविरुद्ध जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सो डिभिजन लिग अन्तर्गत सातौं चरणको अन्तिम खेलमा सानेपा क्लबले खालीबारी युथ एफसी विरुद्ध जित दर्ता गरेको छ । सानेपाले खालीबारी विरुद्ध १-० को जित दर्ता गरेको हो । सानेपाको जितमा पेम्बा दोर्जे लामाले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सि डिभिजनमा मंगलबार देखि आठौ चरणका खेलहरू […]

Success

Thank you for your time.