default_image

3 years ago

January 5, 2021

बार्सिलोना प्रशिक्षण टोलीका दुई सदस्यलाई कोरोना

एजेन्सी – बार्सिलोनाका प्रशिक्षण टोलीका दुई सदस्यलाई कोरोना भाइरस कोभिड १९ संक्रमण भएको क्लबले जनाएको छ । जसका कारण मंगलबारका लागि तय टोलीको अभ्यास स्थगित भएको छ । त्यस्तै बार्सिलोना र एथलेटिक क्लबविरुद्ध हुने खेल अघिको पत्रकार सम्मेलन पनि स्थगित भएको क्लबले जनाएको छ । ‘सोमबार गरिएको पिसिआर परिक्षणबाट पहिलो टोलीको प्रशिक्षण टोलीका दुई सदस्यलाई […]

36 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका प्रशिक्षण टोलीका दुई सदस्यलाई कोरोना भाइरस कोभिड १९ संक्रमण भएको क्लबले जनाएको छ । जसका कारण मंगलबारका लागि तय टोलीको अभ्यास स्थगित भएको छ ।

त्यस्तै बार्सिलोना र एथलेटिक क्लबविरुद्ध हुने खेल अघिको पत्रकार सम्मेलन पनि स्थगित भएको क्लबले जनाएको छ ।

‘सोमबार गरिएको पिसिआर परिक्षणबाट पहिलो टोलीको प्रशिक्षण टोलीका दुई सदस्यलाई कोभिड १९ संक्रमण भएको छ,’ बार्सिलोनाले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘क्लब र स्वास्थ अधिकारीहरुका अनुसार मंगलबार विहान टोलीका पुरै सदस्यको पिसिआर परिक्षण गरिनेछ ।’

बार्सिलोनाले क्लबको अभ्यास सत्र पनि मंगलबार नै तय हुने जनाएको छ । त्यस्तै पत्रकार सम्मेलनको समयमा पनि मंगलबार नै तय गरिने बताइएको छ । एथलेटिक र बार्सिलोनाबीच बिहीबारका लागि ला लिगा खेल तय छ ।

ला लिगामा आइतबार हुएस्कालाई १–० ले हराउँदै बार्सिलोना अंक तालिकाको पाँचौं स्थानमो उक्लेको थियो । बार्सिलोनाको २८ अंक छ भने शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ३८ अंक छ ।

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

Success

Thank you for your time.