default_image

3 years ago

January 5, 2021

सताक्षीधाम संजोग स्मृति फुटबलको सेमिफाइनलमा

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सताक्षीधाम स्पोर्टिङ क्लब झापा मोरङ बेलबारीमा जारी टुबोर्ग संजोग स्मृति नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बेलबारी फुटबल क्लब रातोलाई ३–० ले हराउँदै सताक्षीधाम अन्तिम चारमा पुगेको हो ।

सताक्षीको जितमा शिशिर लेखीले २ तथा मनीष थापाले १ गोल गरेका थिए । सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । शिशिरले ६२ औं मिनेटमा पहिलो र ७० औं मिनेटमा दास्रो गोल गरिएको थियो । निर्धारित ८० मिनेट खेलको इन्जुरी समयको दोस्रो मिनेटमा मनीषले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच घोषित शिशिरले मेडलसहित २ सय ५ सय ५५ रुपैयाँ प्राप्त गरे ।

खेलमा सताक्षीका विशाल दर्जी तथा बेलबारीका भुषण लिम्बु र निरज बस्नेतले पहेलो कार्डको सामना गरेका थिए । प्रतियोगिताको पहिलो सेमिफाइनलमा मोरङको रारा फुटबल क्लब राजाधानी र मोरङको बिन्दबासिनी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

बेलबारी फुटबल क्लबले आयोजना गरेको प्रतियोगितालाई बेलबारी नगरापालिकाले संयोजन गरेको छ । टुबोर्ग मुख्य प्रायोजन रहेको प्रतियोगितामा सन्ध्या सारा युपिभिसी प्रोफाइल प्रालि प्रायोजक तथा मोरङ कन्ट्रसन प्रालि, सयपत्री मल्टी पर्पोज प्रालि र आदर्श बहुउद्देश्य कृषि फर्म सह प्रयोजक रहेका छन् । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

May 12, 2024

सानेपाको खालीबारीविरुद्ध जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सो डिभिजन लिग अन्तर्गत सातौं चरणको अन्तिम खेलमा सानेपा क्लबले खालीबारी युथ एफसी विरुद्ध जित दर्ता गरेको छ । सानेपाले खालीबारी विरुद्ध १-० को जित दर्ता गरेको हो । सानेपाको जितमा पेम्बा दोर्जे लामाले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सि डिभिजनमा मंगलबार देखि आठौ चरणका खेलहरू […]

Success

Thank you for your time.