default_image

3 years ago

January 6, 2021

बार्सिलोनाका खेलाडीमा संक्रमण देखिएन

35 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका कुनै पनि खेलाडीमा कोरोना भाइरस कोभिड १९ को संक्रमण नभेटिएको क्लबले जनाएको छ । ला लिगामा बुधबार एथलेटिक क्लबविरुद्धको खेलका लागि बार्सिलोनामा कुनै समस्या नरहने भएको छ ।

रोनाल्ड कोम्यानको प्रशिक्षण टोलीमा रहेका दुई सदस्यलाई कोभिड १९ संक्रमण पुष्टी भएपछि मंगलबारको अभ्यास र पत्रकार सम्मेलन स्थागित गरिएको थियो । त्यसपछि सबै खेलाडीको कोरोना परिक्षण गरिएको थियो । तर परिक्षणमा थप संक्रमण देखिएन ।

अब बार्सिलोनाको अभ्यास सत्र पनि हुने भएको छ । कोम्यानले खेलअघि पत्रकार सम्मेलनमा पनि बोल्ने भएका छन् । ला लिगामा आइतबार हुएस्कालाई १–० ले हराउँदै बार्सिलोना अंक तालिकाको पाँचौं स्थानमो उक्लेको थियो । बार्सिलोनाको २८ अंक छ भने शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ३८ अंक छ ।

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.