default_image

3 years ago

January 7, 2021

युनाइटेडलाई हराउँदै सिटी फाइनलमा

40 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर ‘डर्वी’ मा म्यानचेस्टर युनाइटेडको चुनौती २–० ले पन्छाउदै सिटी इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ ।

जोन स्टोन र फर्नाडिन्होले गोल गरेपछि सिटीले युनाइटेडलाई उसकै मैदानमा हार चखाएको हो । अघिल्लो सिजन पटि सिटीले युनाइटेडलाई समग्रमा ३–२ पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

ओल्डट्राफोर्डमा बुधबार राति भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको तेस्रो मिनेटमा नै रुवेन डियासले आफ्नै पोस्टमा गोल गरेपनि उक्त मुभमा मार्कुस रासफोर्ड अफसाइड ठहरिदा भिएआरबाट गोलले मान्यता नपाउदा युनाइटेडले खेलमा अग्रता लिने अवसर गुमाएको थियो ।

नवौं मिनेटमा स्टेफन म्याकटोमिनेको प्रहारलाई सिटीका गोलरक्षक ज्याक स्टेफनले उत्कृष्ट बचाउ गरे । १३औं मिनेटमा केभिन डि ब्रुयनको प्रहार पोस्टमा लागेर फर्कदा सिटी अग्रा लिनबाट चुक्यो ।
५०औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाए । फिल फोडेनको सेट पिस क्रसमा रियाद महारेजले छाडेको बललाई स्टोन्सले जाली चुमाएका थिए ।

५३औं मिनेटमा क्यान्सेलो प्रहार अकासिदा सिटीले अग्रता दोब्बर बनाउन सकेन । ७२औं मिनेटमा युनाइटेडको पल पोग्वाको प्रहार बाहिरियो । ८३औं मिनेटमा फर्नाडिन्होले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । कर्नरबाट आएको बललाई युनाइटेडका दुई खेलाडीले हेडरबाट क्लियर गरेको बललाई पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

अब सिटीले उपाधिका लागि २५ अप्रिलमा प्रिमियर लिग प्रतिद्धन्द्धी टोटेनहम हस्टपरसँग प्रतिस्पर्धा गर्नेछ । खेल वेम्वली स्टेडियममा हुनेछ । टोटेनहमले यसअघि च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २–० ले हराउँदै फाइनलमा स्थान बनाइसकेको थियो ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.