default_image

3 years ago

January 7, 2021

केनलाई रियलको प्रस्ताव स्वीकार्न सुझाव

37 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हट्स्परका फरवार्ड तथा इंग्ल्यान्ड राष्ट्रिय टोलीका कप्तान ह्यारी केन पछिल्लो समय विश्वका उत्कृष्ट खेलाडीमध्य गनिन्छन् । स्पेनिस च्याम्पियन रियल म्याड्रिडले उनलाई कुनै प्रस्ताव राखेको खण्डमा स्वीकार्न दुवै क्लबबाट खेलेका डिफेन्डर जोनाथन वुडगेटले सुझाव दिएका छन् ।

वुडगेट आफैंले पनि रियल म्याड्रिडबाट खेलेका थिए । तर उनको बसाईं भने सोचेजस्तो रहन सकेन । डेब्यु खेलमा नै आत्मघाती गोल र रातो कार्ड पाएका उनले चोटका कारण पनि निकै संघर्ष गर्नुपर्यो । यद्यपि उनले केनलाई भने उपाधि जित्न र आफूलाई क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीको स्तरमा पुर्याउन भने रियल म्याड्रिड जानु उचित रहेको बताए ।

‘यदि रियल म्याड्रिडले प्रस्ताव राख्छ, र त्यो केनजस्ता खेलाडीका लागि हो भने, उनले पक्कै जानुपर्छ । उनले उपाधि जित्ने र मेस्सी-रोनाल्डोको स्तरमा पुग्ने हो भने धेरै नसोची रियलको प्रस्ताव स्वीकार गर्दा हुन्छ ।’

पछिल्लो समय जोसे मोउरिन्होको आगमनपछि टोटेनहमले प्रदर्शनमा सुधार गरेको छ । केनको व्यक्तिगत प्रदर्शनमा पनि निकै परिवर्तन भएको छ र उनले हाललाई आफ्नो ध्यान टोटेनहममै रहेको बताएका छन् । वुडगेटले भने केनले हाल टोटेनहममा रहेर उपाधि जित्ने सम्भावना नरहेको बताउँदै क्लब छाड्नुपर्ने अभिव्यक्ति दिए ।

‘म केनलाई टोटेनहममै खेलेर उपाधि जित्ने देख्दिन । यो सिजन मात्र होइन, आउने केहि सिजनमा पनि त्यो सम्भव छैन । लिभरपुल र म्यानचेस्टर सिटीलाई चुनौती दिन अझै केहि समय लाग्नेछ । यदि केनलाई च्याम्पियन्स लिग जित्नुछ भने उनले रियलमा गएर जित्ने बलियो सम्भावना छ ।’

केनलाई पछिल्लो समय रियल म्याड्रिडसँगै म्यानचेस्टर सिटीले पनि नजर राखिरहेको छ । २७ वर्षीय फरवार्डका लागि सिटीले १ सय मिलियन युरोको प्रस्ताव गर्ने तयारी गरेको पनि बुझिएको छ । तर केन प्रिमियर लिगको अर्को क्लब जाने सम्भावना न्यून छ ।

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

Success

Thank you for your time.