default_image

3 years ago

January 7, 2021

रोनाल्डोसँग जोडेर लगाएको आरोप पेलेद्वारा अस्वीकार

51 views

0 Bookmark

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले गत साता युभेन्टसका लागि दुई गोल गर्दै अधिकारिक प्रतियोगितामा गोल संख्या ७ सय ५८ पुर्याए । रोनाल्डोले उक्त उपलब्धि हासिल गर्ने क्रममा पेलेको ७ सय ५७ गोलको कीर्तिमान तोडेका थिए ।

यद्यपि पेलेको सामाजिक संजाल इन्स्टाग्रामको बायोमा भने आफुले १,२८३ गोल गरेको उल्लेख गरिएको छ । सामाजिक संजालसँगै मिडियामा पेलेले उक्त तथ्यांक रोनाल्डोले गोलको कीर्तिमान तोडेपछि मात्र राखेको भन्ने आरोप लागेको थियो । ब्राजिलियन दिग्गज पेलेले उक्त आरोपको खण्डन गरेका छन् । ८० वर्षीय पूर्व विश्वकप विजेताले उक्त तथ्यांक आफूले सुरुदेखि राखेको बताएका छन् ।

‘मैले आफ्नो इन्स्टाग्रामको बायो परिवर्तन गरेर अन्य खेलाडीको उपलब्धि छायाँमा पर्न खोजेको बारेमा पढें । म यो प्रष्ट पार्न चाहन्छु की त्यो तथ्यांक मैले सुरुवाती दिन देखि नै राख्दै आएको थिएँ । यी ठुला खेलाडीको कीर्तिमानलाई यस्तो सानो पक्षले अल्झाउनु हुँदैन,’ पेलेले आफ्नो ट्वीटरमा लेखेक छन् ।

त्यसो त पेलेले एकै क्लबका लागि गरेको सर्वाधिक गोलको कीर्तिमान गत महिना मात्र बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले तोडेका थिए । मेस्सीले ६ सय ४४ गोल पूरा गर्दै पेलेसँग बराबरी गरेलगत्तै ब्राजिलियन क्लब सान्तोसले उक्त तथ्यांक गलत भएको भन्दै विज्ञप्ति जारी गरेको थियो । यसबारे भने पेलेले व्यक्तिगत धारणा दिएका छैनन् ।

विश्व फुटबलमा सर्वाधिक अधिकारिक गोल गर्ने कीर्तिमान जोसेफ बिकानको नाममा छ । चेकका फरवार्ड बिकानले ८ सय ५ गोल गरेको तथ्यांक रहेको छ ।

यो पनि : पेलेभन्दा मेस्सी पछि रहेको सान्तोसको दावी

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मान (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो । पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा भएको दोस्रो लेगमा […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

Success

Thank you for your time.