default_image

3 years ago

January 8, 2021

फर्किएको मेस्सीको हाँसो

43 views

0 Bookmark

एजेन्सी – सिजनलाई राम्रो स्थितिमा फर्काउन अब बार्सिलोनाका लागि बुधबारकै जस्तो खेलको आवश्यकता छ । बिल्बाओविरुद्ध भएको खेलमा १–० ले पछि परेको खेल उल्टाउँदै अन्ततः बार्सिलोना ३–२ ले विजयी भएको थियो ।

बार्सिलोनाका लागि त्यो खेल जितका आर्थमा मात्र अर्थपूर्ण थिएन । टोलीको प्रदर्शन नै उत्कृष्ट रहेको थियो । पछि परेको खेल उल्टाउनै सानदार जित दर्ता गर्न सफल भएको खेलको सबैभन्दा केन्द्रमा कप्तान लिओनल मेस्सी रहे ।

अर्जेन्टिनी सुपर स्टारको प्रदर्शनलाई सिजनमै उनको उत्कृष्ट प्रदर्शन मानिएको छ । टोलीको आवश्यकता अनुसार नै मेस्सीले खेलमा नेतृत्व दिएर टोलीलाई जित दिलाए । आफैंले २ गोल गरे । इनाकी विलियम्सको गोलमा खेलमा बिल्बाओले अग्रता लिएको थियो ।

जसरी उनले गोल गरे र पास निकाले त्यसका आधारमा मेस्सी सबै समास्यालाई पन्छाउँदै अघि बढेको आभास हुन्थ्यो । पेड्रीले बार्सिलोनाका लागि बराबरी गोल गरेका थिए । उनलाई फ्रेन्की डि जोङले पास मिलाइदिए । डि जोङलाई भने मेस्सीले बल उपलब्ध गराएका थिए । त्यसपछि मेस्सी २ गोल गरे । उनको अर्को गोल भने अफसाइडका कारण मान्य भएन ।

पहिलो गोलपछि मेस्सी हसिलो देखिए । निकै पछि उनी पहिलो पटक मैदानमा त्यसरी हासेको देखिएको थियो । पेड्रीको पासमा उनले गोल गरेका थिए । मेस्सीको गोलको आधा जस उनलाई नै जान्छ ।

दोस्रो हाफमा मेस्सीले अर्को गोल थपेपछि जारी लिगामा उनले सर्वाधिक गोल गर्ने अन्य तीन खेलाडी लुइस सुआरेज, जेरार्ड मोरेनो र इयागो आसपाससँग बराबरी गरेका छन् । उनीहरुको समान ९ गोल पुगेको छ ।

मेस्सी गोल गर्न सकेका कारण मात्र खुसी भएको नहुन सक्छ । अर्को महत्त्वपूर्ण पाटो भनेको उनले मैदानमा उत्कृष्ट साझेदारका रुपमा पेड्री तयार भएको महसुस गरेको हुनुपर्दछ । पेड्री र डि जोङको साझेदारी पनि परिपक्क हुने क्रममा देखिएको छ । त्यसअघि हुएस्काविरुद्ध पनि ती दुईले राम्रो साझेदारी निर्वाह गरेका थिए ।

पछिल्लो जितपछि ३ अंक थपेर बार्सिलोना ला लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको छ । यद्दपी शीर्षस्थानको एट्लेटिको म्याड्रिड भन्दा टोली निकै पछि छ । तथापी बार्सिलोनाले ला लिगाको उपाधि दौडमा फर्कने संकेत भने देखाएको छ ।

बार्सिलोना १७ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग ७ तथा दोस्रो स्थानको रियल म्याड्रिडसँग ५ अंकले पछि छ । एट्लेटिकोले अझै दुई खेल कम खेलेको छ ।

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

Success

Thank you for your time.