default_image

3 years ago

January 8, 2021

हाजार्ड चाहना : मेस्सी,रोनाल्डो र जिदानको विशेषता

एजेन्सी – रियल म्याड्रिडका बेल्जियन मिडफिल्डर इडेन हाजार्डले आफ्नो ३० औं जन्मदिन मनाउने क्रममा उपहारका रुपमा के चाहेको भन्ने प्रश्नमा तीन खेलाडीको तीन विशेषता चाहेको बताएका छन् । हाजार्डले बार्सिलोनाका कप्तान लिओनेल मेस्सीको बायाँ खुट्टा, क्रिस्टियानो रोनाल्डोको जितका लागि चाहना र जिनेदिन जिदानको स्तर चाहेको बताएका छन् । हाजार्डले मेस्सी र रोनाल्डोको प्रशंसा समेत गरेका […]

47 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका बेल्जियन मिडफिल्डर इडेन हाजार्डले आफ्नो ३० औं जन्मदिन मनाउने क्रममा उपहारका रुपमा के चाहेको भन्ने प्रश्नमा तीन खेलाडीको तीन विशेषता चाहेको बताएका छन् ।

हाजार्डले बार्सिलोनाका कप्तान लिओनेल मेस्सीको बायाँ खुट्टा, क्रिस्टियानो रोनाल्डोको जितका लागि चाहना र जिनेदिन जिदानको स्तर चाहेको बताएका छन् । हाजार्डले मेस्सी र रोनाल्डोको प्रशंसा समेत गरेका थिए । उनले आफ्नो पनि स्तर राम्रो रहेको तर जिदान जस्तो हुने चाहना रहेको बताए ।

हाजार्डले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को बारेमा समेत बोल्दै आफूले चाहेको हुने भए खेलमा भीएआर नराख्ने बताए । ‘ यसले फुटबलबाट रमाइलो नै खोसेको छ । हामीले गोल गरेपछि पनि मान्य हुन्छ वा हुँदैन भनेर सोच्नुपर्छ । हो यसले केहि गल्ति सुधार गरेको छ तर फुटबलको जुन सुन्दरता छ, त्यसमा कमी पक्कै ल्याएको छ,’ हाजार्डले भने ।

हाजार्डले कहिलेसम्म फुटबल खेल्ने भन्ने प्रश्नमा आफ्नो शरीरले दिएसम्म खेलमा रहने जानकारी दिए । ‘मेरो शरीर चोटमुक्त भएसम्म म खेल्नेछु । यसै हिसाबले चोट लाग्दै जाने हो भने म ३५ वर्षपछि खेल्न सक्छु भन्ने लाग्दैन । तर बुढो हुँदै गएपछि एकै स्तरमा खेल पनि सकिन्न । जहिले छोडेपनि खेलाडी हुन् होला, तर फुटबलमा नै रहन्छु,’ उनले भने ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.