default_image

3 years ago

January 9, 2021

नव ज्योति कप फुटबल प्रतियोगिता हुने

54 views

0 Bookmark

नवलपरासी (हाम्रो खेलकुद) – नव ज्योति कप दोस्रो जिल्ला स्तरिय फुटबल प्रतियोगिता अर्को साताबाट सुरु हुने भएको छ ।

श्री नव ज्योति युवा क्लबको आयोजनामा नवलपरासी कावासोती नगरपालिका ४ हसौरा सिसोघारी चिलाहामा शुक्रबार सुरु हुने प्रतियोगितामा भाग लिनका लागि क्लबहरुलाई अव्हान गरेको छ । भाग लिन इच्छुक क्लबले मंगलबार सम्म ५ हजार ५ सय रुपैयाँ शुल्क बुझाएर दर्ता हुनु पर्नेछ ।

प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५५ हजार, दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्ताले समान १ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

Success

Thank you for your time.