default_image

3 years ago

January 18, 2021

एन्फाको बजेट झन्डै ८६ करोड

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले चालु आर्थिक वर्षका लागि झन्डै ८६ करोड बजेट प्रस्तुत गर्ने भएको छ । कोषाध्यक्ष रविन्द्र जोशीले पेश गरेको ८५ करोड ६६ लाख ४२ हजार २ सय ४० रुपैयाँको अनुमानित बटेजलाई सोमबार बसकेको एन्फा कार्यसमितिले मंगलबार बस्ने १९ औं साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरेको छ । […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले चालु आर्थिक वर्षका लागि झन्डै ८६ करोड बजेट प्रस्तुत गर्ने भएको छ ।

कोषाध्यक्ष रविन्द्र जोशीले पेश गरेको ८५ करोड ६६ लाख ४२ हजार २ सय ४० रुपैयाँको अनुमानित बटेजलाई सोमबार बसकेको एन्फा कार्यसमितिले मंगलबार बस्ने १९ औं साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षमा बसेको कार्यसमिति बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ । बैठकले खोटाङ, मनाङ र नवलपरासी सुस्ता पूर्व जिल्लालाई एन्फाको सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । साधारण सभाले अनुमोदन गरेमा एन्फाको सदस्य जिल्ला ४८ पुग्नेछ ।

ललितपुर जिल्ला फुटबल संघमाथिको निलम्बनलाई एन्फाले साधारण सभाको अघिल्लो दिन फुकुवा गरेको छ । त्यस्तै पछिल्लो समय गठन भएका तीन प्रदेश फुटबल संघको तदर्थ समितिलाई अनुमोदान गरेको छ । जसमा प्रमोद हमाल अध्यक्ष रहेको कर्णाली, लोकेन्द्र गुरुङ अध्यक्ष रहेको गण्डकी र भुपेन्द्र थापा अध्यक्ष रहेको लुम्बिनी प्रदेश छन् ।

७ मध्ये ६ प्रदेशमा संघको तदर्थ समिति गठन भएको छ । बागमतीमा भने समिति गठन हुन सकेको छैन । बैठकले प्रदेश समितिको निर्वाचनका लागि ३ महिना समय थप गरेको छ । विधान अनुसार तदर्थ समिति गठनको ६ महिनामा साधारण सभा र निर्वाचन गर्नुपर्ने भएपनि कोभिड १९ का कारण ३ महिना समय थप गरिएको एन्फाले विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

यसै गरि एन्फाले जुम्लाका भरत बुढा थापा र दोलखाका बाबुकाजी बस्नेतलाई सहायक महासचिव नियुक्त गरेको छ । राष्ट्रिय टोली तयारी समितिका संयोजक समेत रहेका एन्फा केन्द्रीय सदस्य मधुसुदन उपाध्यायले प्रस्तुत गरेको खेलाडी आचार संहितालाई पनि कार्यसमितिले पारित गरेको छ । यद्दपी आचार संहिता भने एन्फाले सार्वजनिक गरेको छैन ।

त्यस्तै एन्फा विधान संसोधन मस्यौदा समितिले तयार पारेको तीन महले प्रस्तावलाई साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरेको छ । साधारण सभामा एन्फा ९९ सदस्य संस्था जिल्ला, क्लब (ए,बी,सी), प्रदेश, ४ समिति (महिला, रेफ्री, खेलाडी, प्रशिक्षक), परिवेक्षक गरि झन्डै २ सय जनाको सहभागिता रहने एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.