default_image

3 years ago

January 23, 2021

एमबाप्पे र नेयमारको गोलमा पीएसजीको सानदार जित

एजेन्सी – स्टार फरावर्डद्धय केलियन एमबाप्पे र नेयमार जुनियरसँगै मोउरो इकार्डीले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा समेटिएको मोन्टपिलिएरमाथि ४–० को फराकिलो जित निकालेको हो । पीएसजीको जितमा एमबाप्पेले २ गोल गर्दा नेयमार र मोउरो इकार्डीले समान […]

40 views

0 Bookmark

एजेन्सी – स्टार फरावर्डद्धय केलियन एमबाप्पे र नेयमार जुनियरसँगै मोउरो इकार्डीले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ ।

घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा समेटिएको मोन्टपिलिएरमाथि ४–० को फराकिलो जित निकालेको हो । पीएसजीको जितमा एमबाप्पेले २ गोल गर्दा नेयमार र मोउरो इकार्डीले समान १ गोल गरे ।

पार्स डेस प्रिन्सेसमा शुक्रबार राति भएको खेलमा पाहुना टोली खेलको १८औं मिनेटमा १० खेलाडीमा समेटिएपछि त्यसको फाइदा घरेलु टोली पीएसजीले उठाउन सफल भयो । गोलरक्षक जोनस ओम्लिनले एमबाप्पेमाथि फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै उनलाइै सिधै रातो कार्ड दिदै मैदान बाहिर पठाएको थियो ।

३४औं मिनेटमा एमबाप्पेले एन्जल डि मारियाको पासमा गोल गर्द खेलमा पीएसजीलाई १–० ले अघि बढाए । दोस्रो हाफमा पीएसजीले चार मिनेटमा अन्तरमा तीन गोल गर्दै फराकिलो जित निकाल्न सफल भयो ।

६०औं मिनेटमा एमबाप्पेको पासमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । ६१औं मिनेटमा मोउरो इकार्डीले गोल गर्दै पीएसजीलाई फराकिलो जिततर्फ अघि बढाए । ६३औं मिनेटमा इकार्डीको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पीएसजीलाई ४–० को फराकिलो जित दिलाए ।

यस जितसँगै पीएसजीले शीर्षस्थानमा ३ अंकको अग्रता लिएको छ । पीएसजीको २१ खेलबाट ४५ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको लिलको ४२ तथा पराजित मोन्टपिलिएर २८ अंक जोडेर ११औं स्थानमा छ ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.