default_image

3 years ago

January 29, 2021

बेल अझै संघर्षरत

33 views

0 Bookmark

एजेन्सी – ग्यारेथ बेलले टोटनहम पुगेयता प्रिमियर लिगमा १ सय ६० मिनेटमात्र खेलेका छन् । जिनेदिन जिदानको रियल म्याड्रिडमा कम अवसर पाएर इङ्ल्यान्ड पुगेका बेलको अवस्था त्यहाँ पनि फेरिकएको छैन । टोटेनहमका प्रशिक्षक जोसे माउरिन्होले प्रशिक्षणका आधारमा खेलमा मौका पाउने प्रष्ट पारेका छन् ।

पोर्चुगिज प्रशिक्षकले बेलले प्रशिक्षणमा एकरुपता देखाएको र फिटनेसमा समस्या नभए बढी मौका पाउन सक्ने बताएका छन् । ‘ म खेलाडीले मिनेट मिनेटमा मौका दिन सक्दैन । त्यो जोखिम लिन सकिन्न । म त्यो बाटोमा हिड्न सक्दिन’, उनले बेलका बारेमा भने,‘ हामीलाई थाहा छ केहि सिजन देखि उनलाई समस्या भएको छ । उनी चोट हुँदा नै यहाँ आएका हुन् । साना साना विषयमा तल माथि भइरहन्छ ।’

माउरिन्होले सबैभन्दा महत्त्वपूर्ण भनेको अभ्यासमा देखिने एकरुपता रहेको बताएका छन् । ‘कुनै समस्या विना अभ्यासमा एकरुपता देखियो भने त्यसपछि खेलाडी तयार छन् भन्ने हो’, उनले थपे, ‘यसै समय दिन सकिन्न । मौका लागि तयार भने हुनुपर्दछ । अबका दिनमा कसरी अघि बढ्छ त्यसका आधारमा मौका दिन सकिन्छ ।’

प्रिमियर लिग टोलीमा पनि उनको भविष्य निश्चित छैन । प्रिमियर लिगका १९ मध्ये ५ खेलमा मात्र उनले मौका पाएका छन् । त्यसको मुख्य कारण भनेको कमजोर फिटनेस नै हो । रियलबाट लोनमा त्यहाँ पुगेका उनी टोटेनहमले स्थायी रुपमा अनुबन्धन गरेन भने पुनः रियल फर्कनु पर्नेछ । अहिलेको अवस्था हेर्दा उनी रियलमै फर्कने सम्भावना प्रबल छ ।

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

Success

Thank you for your time.