default_image

3 years ago

January 29, 2021

टोटेनहममाथि लिभरपुलको जित

37 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुलले टोटेनहम हस्टपरलाई उसकै मैदानमा ३–१ ले हराएको छ ।

बिहीबार राति भएको खेलमा लिभरपुलको जितमा रोबर्टाे फिर्मिनो, ट्रेन्ट एलेक्सान्डर अर्नाेल्ड र साडियो मानेले गोल गर्दा टोटेनहमका लागि पिएरे इमिल होब्जजर्गले एक गोल फर्काए ।

टोटेनहम हस्टपर स्टेडियममा घरेलु टोलीले खेलको तेस्रो मिनेटमा गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा टोटेनहम अग्रतथा लिनबाट चुकेको थियो । गोलकर्ता ह्युङ मिन सन अफसाइड ठहरिएका थिए ।

पहिलो हाफको थप गरिएको चौथो मिनेटमा रोबर्टाे फिर्मिनोले गोल गर्दै लिभरपुललाई १–० ले अघि बढाए । उनले साडियो मानेको पासलाई सदुपयोग गरेका थिए । दोस्रो हाफको शुरुमै लिभरपुलले अग्रता दोब्बर पार्न सफल भयो । ४७औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डले गोल गर्दै लिभरपुललाई २–० ले अघि बढाए ।

४९औं मिनेटमा पिएरे इमिल होब्जजर्गले गोल गर्दै टोटेनहमलाई खेलमा फर्कने संकेत दिए । उनले स्टेभन वर्गवाइनको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ५६औं मिनेटमा मोहम्द सलाहले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

उनले सलाहले गोल गर्नुअघिको मुभमा फिर्मिनोले विपक्षी खेलाडी माथि फल गर्न पुगेका थिए ।६५औं मिनेटमा साडियो मानेले ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको पासमा गोल गर्दै लिभरपुलाई ३–१ को जित दिलाए ।

यो जितसँगै लिभरपुल २० खेलबाट ३७ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित टोटेनहम १९ खेलबाट ३३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ४१ अंक छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४० तथा तेस्रो स्थानको लेस्टर सिटीको ३९ अंक छ ।

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

Success

Thank you for your time.