default_image

3 years ago

January 29, 2021

नेपोली कोपा इटालियाको सेमिफाइनलमा

34 views

0 Bookmark

एजेन्सी – नेपोली कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा स्पेजियामाथि ४–२ को सहज जित निकाल्दै नेपोलीले अन्तिम चारको यात्रा तय गरेको हो ।

घरेलु मैदानमा नेपोलीको जितमा कालीडोउ कोउलीबेली, हिर्भिङ लोजानो, माटियो पोलिटानो र इल्जिफ इल्मासले गोल गरे । स्पेजियाका इमानुयल क्वार्टसिन ग्यासी र जेनारो एकाम्पोराले सान्त्वना गोल फर्काए ।

नेपोलीले स्पेजियाविरुद्ध पहिलो हाफमै चार गोल गरेको थियो । खेलको पाँचौ मिनेटमा नै कालीडोउ कोउलीबेलीले गोल गर्दै नेपोलीलाई अग्रता दिलाए । २०औं मिनेटमा डिएगो डिम्मीको पासमा हिर्भिङ लोजानोले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे ।

३०औं मिनेटमा माटियो पोलिटानोले पियोटर जिलेन्स्कीको पासमा गोल गर्दै नेपोलीलाई ३–० को अघि बढाए । ४०औं मिनेटमा इल्जिफ इल्मासले लोरेन्जो इन्सिग्नेको पासमा गोल गर्दै नेपोलीलाई पहिलो हाफमै ४–० को फराकिलो अग्रता दिलाए ।

दोस्रो हाफमा स्पेजियाले पूनरागमन प्रयास गर्दै दुई गोल थपेपनि हार टार्न सकेन । ७०औ मिनेटमा इमानुयल क्वार्टसिन ग्यासीले जेनारो एकाम्पोराको पासमा गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए ।

७३औं मिनेटमा लियो सेनाको पासमा जेनारो एकाम्पोराले गोल गरेपछि खेल ४–२ को अवस्थामा आएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा नेपोलीले जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्न सफल भयो ।

अब नेपोलीले फाइनल प्रवेशका लागि एटलान्टासँग ३ र १० फेब्रुअरीमा प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल दुई लेगमा अर्काे हुनेछ । अर्काे सेमिफाइनलमा युभेन्टस र इन्टर मिलानबीच प्रतिस्पर्धा हुनेछ ।

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

Success

Thank you for your time.