default_image

3 years ago

January 30, 2021

पीएसजीलाई पछि पार्दै लियोन शीर्षस्थानमा

35 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पछि पार्दै लियोन फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा बोर्डेअक्सलाई २–१ ले पराजित गर्दै लियोन शीर्षस्थानमा उक्लिएको हो । लियोनको जितमा कार्ला टोको इकाम्वी र लियो डुवोइसले गोल गर्दाे बोर्डेअक्सका स्यामुइल कालुले एक गोल फर्काए ।

लियोनले आफ्नो मैदानमा खेलको ३२औं मिनेटमा कार्ल टोको इकाम्वीको गोलबाट अग्रता लिएको थियो । ५५औं मिनेटमा स्यामुइल कालुले रेमी ओयुडिनको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा म्याक्सवेल कर्नेटको पासमा लयो डुवोइसले गोल गर्दै टोलीलाई २–१ को जित दिलाउदै महत्वपुर्ण ३ अंक दिलाए ।

यो जितसँगै लियोनको २२ खेलबाट ४६ अंक पुगेको छ । एक खेल कम खेलेको पीएसजीको ४५ अंक छ । लियोनसँग पराजित भएको बोर्डेअक्स ३२ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

Success

Thank you for your time.