default_image

3 years ago

January 30, 2021

आहा ! रारा गोल्डकप चैतमा, क्षमता भन्दा आधा दर्शक मात्र राखिने

40 views

0 Bookmark

विजय नेपाली, पोखरा

पोखरामा फुटबलको चर्चा गर्दा आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको नाम स्वतः जोडिएर आउने गर्दछ । जस्तै परिस्थितिमा पनि सहारा क्लबले आहा रारा गोल्ड कप रोकेको छैन ।

पत्रकार सम्मेलनमा आयोजक सहाराका पदाधिकारी र अन्य । तस्बिर – सुदर्शन रञ्जित

चाहेको त्यो द्वन्द्वकालमा होस् वा पोखरा रंगशालामा निमार्णाधि अवस्थामा होस् । निरन्तर आयोजना हुनु आहाको अर्को सफलता हो । यसपटक चैत १७ देखि २९ गते सम्म १९ औं संस्करण आयोजना गरिने सहारा क्लबे शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

२०७२ वैशाख महाभूकम्पले प्यारापिट जीर्ण भएपनि सहाराले आहा गोल्डकप रोकेन । पोखरा रंगशालामा रहेको प्यारापिट भत्काए पनि रंगशालामा अस्थाई प्यारापिट तयार पारेर पनि सहाराले आहा गोल्ड कप आयोजना गर्यो । गत वर्ष कोभिड १९ का कारण चैत ११ गते लकडाउन हुनु केहि दिन अघि मात्र आहा रारा गोल्ड कप आयोजना भएको थियो ।

निर्माण पूर्ण रुपमा सम्पन्न भइनसकेको र कोभिड १९ को महामारी पूर्ण रुपमा नियन्त्रणमा आइनसकेका कारण यसपटक पनि क्षमता भन्दा आधा दर्शकमात्र राखेर सहाराले आहा गोल्ड कप आयोजनाको तयारी गरिहेको छ ।

क्षमता भन्दा आधा दर्शक राखेर प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट पत्र प्राप्त भएको पत्रकार सम्मेलनमा सहाराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । पोखरा रंगशाला १६ हजार दर्शक क्षमताको छ ।

यसपटक कति टोलीलाई सहभागी गराउने , पुरस्कार राशीमा बृद्धि गर्ने नगर्ने तय भइनसकेको बताइएको छ । ‘ मोफसलमा क्रिकेट लगायत अन्य प्रतियोगिताहरु भइरहको समयमा हामीले पनि प्रतियोगिता संचालन गर्न सक्छौ भनेर एन्फालाई निवेदन गरेका थियौँ । त्यहि अनुसार एन्फाले हामीलाई मिति दिएको छ’ अध्यक्ष थापाले भने ।

उनले प्रतियोगिता सञ्चालनका लागि क्लब तयार रहेको बताए । थापाले भने ‘कतिपय विषय परिस्थितिलाई मध्यनजर राख्दै तय गरिनेछ । अहिले १२ टोलीको सहभागिता रहने आधारमा तयारी गरेका छौँ । तत्कालको अवस्थामा विदेशी टिम ल्याउन कठिन छ’ थापाले भने ।

एन्फा र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५० प्रतिशत दर्शक राखेर प्रतियोगिता संचालन भनेको जनाएको छ । ‘अहिले फुटबल मैदान पूर्णरुपमा बनिसकेको अवस्था छैन । हामीलाई जानकारी भएअनुसार एन्फा र राखेपको पत्राचार अनुसार ५० प्रतिशत मात्र दर्शक राख्न सक्ने भनिएको छ र सोहि अनुसार हामीले प्रतियोगिता संचालन गर्नेछौँ ’ थापाले भने ।

अध्यक्ष थापाले असहज परिस्थितिका कारण तत्काल केही प्रतिबद्धता दिन नसकिने बताउदै पुरस्कार राशि र टिकट शुल्क पनि तोक्न नसकिएको बताएका छन् । राखेप सदस्य राजेश गुरुङले सहारा क्लबले पोखरा चिनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउदै पोखराको खेलकुद र सहारा क्लबलाई राष्ट्रिय खेलकुद परिसदले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतियोगितामा अघिल्ला वर्षहरुमा जस्तै आयोजक टोली, विभागीयसहित ए डिभिजनका क्लब तथा मोफसलका क्लबको सहभागिता रहने सहाराका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए ।

हिमश्री फुड्स प्रा.लिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहँदै आएको आहा रारामा सर्वोत्कृष्ट खेलाडीको लागि अप्रिला स्कुटरले प्रायोजन गरेको छ । प्रतियोगिताबाट झन्डै १ करोड ३० रुपैयाँ आम्दानी र झन्डै ३० लाख रुपैयाँ बचत हुने सहाराको अनुमान छ ।

सहाराले एकेडेमी संचालनार्थ हरेक वर्ष आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ । एकेडेमीमा हाल तेस्रो ब्याचमा १४ जिल्लाका २४ जना बालक आश्रित छन् । गतवर्ष विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ–मस्र्याङ्दी क्लबले उपाधि जितेको थियो ।

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

Success

Thank you for your time.