default_image

3 years ago

January 30, 2021

आर्सनल र म्यानचेस्टर युनाइटेड भिड्दै

28 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुदैछ । आर्सनलले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको सामना गर्दा म्यानचेस्टर सिटीले पनि आज राति नै सेफिल्ड युनाइटेडसँग खेल्दैछ ।

आर्सनल र युनाइटेडबीचको खेलमा इमिरेट्स स्टेडियममा नेपाली समयअनुसार राति ११ः१५ बजे हुनेछ । घरेलु मैदानमा आर्सनल युनाइटेडलाई हराउदै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । आर्सनल २० खेलबाट ३० अंक जोडेर नवौं स्थानमा रहेको छ ।

टोलीसँग एलेसान्द्रो लाकाजेट, निकोलस पेपे, विलियन, बुकायो साका, ग्रानिट झाँका, मोहमेद इलाने, डेभिड लुइस, सेडरिका सोआरेस, रोब होल्डिङ, हेक्टर बर्लिन र गोलरक्षक बन्ड लेनोको साथ रहेको छ । यस्तै टोलीसँग पिएरे इमरिक औवामियाङ पनि रहँदा ड्यानियल सेवालोस र पाब्लो मारीले चोटका कारण खेल्ने सम्भावना न्युन रहेको छ ।

यता, युनाइटेड पनि आर्सनललाई उसकै मैदानमा स्तब्ध पार्दै शीर्षस्थानको म्यानचेस्टर सिटीलाई दवाव बढाउने लक्ष्मा हुनेछ । दोस्रो स्थानमा रहेको युनाइटेडको २० खेलबाट ४० अंक रहेको छ । शीर्षस्थानको म्यानचेस्टर सिटीको १९ खेलबाट ४१ अंक छ । आज राति सिटीले सेफिल्डसँग पराजित भएको अवस्थामा आर्सनललाई हराउन सके युनाइटेड शीर्षस्थानमा उक्लनेछ ।

टोलीसँग एन्थोनी मार्सियल, पल पोग्वा, ब्रुनो फर्नान्डेस, मार्कुस रासफोर्ड, लुका सा, ह्यारी मिगुएर इरिक बेइली, आरोन वान बिशाखा र गोलरक्षक डेभिड हे गेयाको साथ रहेको छ ।

यि दुई टोलीबीचको पछिल्लो २४ खेलको नतिजामा युनाइटेडले ११ खेल आफ्नो पक्षमा पारेको छ । ७ खेल आर्सनले आफ्नो पक्षमा पार्दा ६ खेल बराबरीमा सकिएको छ ।

पछिल्लो चार खेलमा आर्सनलले युनाइटेडसँग हार बेहोरेको छैन । जसमा ३ जित र एक बराबरीको नतिजा छ । आर्सनल सोही लयलाई निरन्तरता दिने दाउमा रहँदा युनाइटेड आर्सनलसँगको हारको यात्रालाई टुंग्याउन लक्ष्यमा हुनेछ ।

अन्य खेल
एभर्टनविरुद्ध न्युक्यासल (राति ६ः१५ बजे), क्रिस्टल प्यालेसविरुद्ध वल्भ्स (राति ८ः४५ बजे), म्यानचेस्टर सिटीविरुद्ध सेफिल्ड युनाइटेड (राति ८ः४५ बजे), वेस्ट ब्रमविरुद्ध फुलहम (राति ८ः४५ बजे), साउथह्याम्टनविरुद्ध एस्टन भिल्ला (राति १ः४५ बजे)

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

Success

Thank you for your time.