default_image

3 years ago

January 31, 2021

पुलिस दोस्रो स्थानमा उक्लियो

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग २०७७ अन्तर्गत आइतबार चन्द्रपुर नगरपालिकालाई ३-१ ले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

पुलिसले खेलको २७ औं मिनेटमा अग्रता लिएको थियो । निरु थापाको प्रहार पोस्टमा लागेर फर्किएपछि निर्मला बिकेले गोल गरेकी थिइन् । ३९ औं मिनेटमा चन्द्रपुरले बराबरी गोल फर्कायो । सविता रानामगरको प्रहार गोलरक्षक सपना राईले बचाउन नसक्दा खेल बराबरी भएको थियो ।

दोस्रो हाफको ५० औं मिनेटमा पुलिसले पुन अग्रता लियो । निरुले रेखा पौडेलको पासमा गोल गर्दै खेलमा अघि बढाएकी थिइन् । इन्ज्युरी समयको तेस्रो मिनेटमा मिनेटमा वैकल्पिक खेलाडी अनुष्का शेर्पाले गोल गर्दै पुलिसको जित सुनिश्चित गरिन् ।

यस जितसँगै पुलिस ५ खेलमा ८ अंकसाथ दोस्रो स्थानमा उक्लिएको छ । पुलिसले २ जित, २ बराबरी र १ हारको नतिजा निकालेको छ । चन्द्रपुर भने ५चन्द्रपुर ५ खेलबाट ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । शीर्षस्थानको एपिएफले ५ खेलमा १५ अंक रहेको छ ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.