default_image

3 years ago

February 1, 2021

लेस्टरमाथि लिड्सको पूनरागमन जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले लेस्टर सिटीमाथि उसकै मैदानमा ३–१ को सानदार पूनरागमन जित निकालेको छ । किङ पावर स्टेडियममा लिड्सको पूनरागमन जितमा स्टुआर्ट डालास, प्याट्रिक बामफोर्ड र ज्याक ह्यारिसनले गोल गरे । घरेलु टोलीका लागि हार्भे बार्नेसले गरेको गोल सान्त्वना बन्यो । खेलको १३औं मिनेटमा हार्भे बार्नेसले गोल गर्दै लेस्टरलाई १–० ले […]

19 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले लेस्टर सिटीमाथि उसकै मैदानमा ३–१ को सानदार पूनरागमन जित निकालेको छ ।

किङ पावर स्टेडियममा लिड्सको पूनरागमन जितमा स्टुआर्ट डालास, प्याट्रिक बामफोर्ड र ज्याक ह्यारिसनले गोल गरे । घरेलु टोलीका लागि हार्भे बार्नेसले गरेको गोल सान्त्वना बन्यो ।

खेलको १३औं मिनेटमा हार्भे बार्नेसले गोल गर्दै लेस्टरलाई १–० ले अघि बढाए । उनले नेम्स म्याडिसनको पासमा गोल गरेका थिए । तर, लेस्टरको त्यो अग्रता लामो समय टिकेन । १५औं मिनेटमा बामफोर्डको पासमा स्टुआर्ट डालासले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७०औं मिनेटमा बामफोर्डले राफिन्हाको पासमा गोल गर्दै लिड्सलाई २–१ ले अघि बढाए । ८४औं मिनेटमा बामफोर्डको पासमा ज्याक ह्यारिसनले गोल गर्दै लेस्टरलाई ३–१ को हार चखाए ।

यो जितसँगै लिड्स २० खेलबाट २९ अंक जोडेर १२औं स्थानम उक्लदा लेस्टरले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । तेस्रो स्थानमा रहेको लेस्टरको २१ खेलबाट ३९ अंक छ । शीर्षस्थानको म्यानचेस्टर सिटीको ४४ तथा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४१ अंक छ ।

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

Success

Thank you for your time.