default_image

3 years ago

February 1, 2021

मेस्सीको सम्झौताबारे विवरण चुहावट

एजेन्सी – लिओनल मेस्सी र बार्सिलोनाबीचको सम्झौतालाई स्पेनिस पत्रिकाले सर्वाजनिक गरेको छ । सम्झौता अनुसार यो सिजनको अन्त्यसम्म क्लबमा रहँदा उनले ५ सय ५५ मिलियन युरो पाउनेछन् । मेस्सी आफ्नो व्यक्तिगत विषयमा यसरी सार्वजनिक गर्न कहिल्यै रुचाएनन् । तर, पछिल्लो उनको कमाईका बारेमा सार्वजनिक भएसँगै क्याप नोउमा उनी अर्को सिजन पनि रहने विषयलाई भने कमजोर […]

23 views

0 Bookmark

एजेन्सी – लिओनल मेस्सी र बार्सिलोनाबीचको सम्झौतालाई स्पेनिस पत्रिकाले सर्वाजनिक गरेको छ । सम्झौता अनुसार यो सिजनको अन्त्यसम्म क्लबमा रहँदा उनले ५ सय ५५ मिलियन युरो पाउनेछन् ।

मेस्सी आफ्नो व्यक्तिगत विषयमा यसरी सार्वजनिक गर्न कहिल्यै रुचाएनन् । तर, पछिल्लो उनको कमाईका बारेमा सार्वजनिक भएसँगै क्याप नोउमा उनी अर्को सिजन पनि रहने विषयलाई भने कमजोर बनाएको अनुमान गरिएको छ ।

क्लबसँग निकै गोप्य रहने यस विषय बाहिर आउनुले क्लब र खेलाडीबीच सम्बन्ध राम्रो नरहेको बुझिन्छ । यद्यपि सूचना चुहावट भएसँगै क्लबले विज्ञप्ति जारि गर्दै यसमा क्लबको कमजोरी नरहेको प्रष्ट पारेको छ ।

मेस्सीको आर्थिक विवरणबारे सार्वजनिक रुपमा समाचार आएपछि क्लबसँग उनको सम्बन्ध थप चिसिने सम्भावना बढेको छ । मेस्सीले अघिल्लो सिजनको अन्त्यमा क्लब छाड्न चाहेका थिए । तर, तत्कालिन अध्यक्ष जोसेप मारिया बोर्टेमेउले रिलिज क्लब तिर्न कुनै क्लब तयार भए मात्र मेस्सीलाई छाड्ने बताएका थिए ।

थप विवादमा जान अनिच्छा देखाउँदै मेस्सी सम्झौता अवधिभर क्लबमै रहन तयार भएका थिए । अहिले पनि मेस्सी जुनसुकै क्लबसँग पनि छलफल अघि बढाउन स्वतन्त्र छन् । बार्सिलोनासँगको उनको हालको सम्झौता जुन ३० मा सकिनेछ ।

बोर्टेमेउ अहिले बार्सिलोनामा छैनन् । अर्का अध्यक्ष चुनिएर आउँदा सम्म मेस्सीले क्लब छाड्ने वा अरु कुनै निर्णय लिन सक्ने सम्भावना छ । त्यसयता क्लबको वातावरणमा पनि परिवर्तन आएको छ । टोलीका मेस्सीलगायत सबैको पारिश्रमिक घट्ने सम्भावना छ ।

कोभिडका कारण क्लबको आर्थिक अवस्था कमजोर भएको छ । तर, बोर्टेमेउको कमजोर व्यवस्थापनका कारण क्लबले खराब समयबाट गुज्रनुपरेको बताइएको छ । अब मेस्सीको आर्थिक विषय सार्वजनिक भइसकेको छ । जसले उनको ठूलो पारिश्रमिकलाई क्लबले धान्न सक्छ सक्दैन भन्ने विषयमा पनि चर्चा सुरु हुनेछ । तर, उनकै कारण टोलीले हरेक वर्ष थ्रुपै प्रायोजकहरु पाइरहेको छ ।

बार्सिलोनका सुपर स्टारले आउने केहि महिनामा निर्णय पक्कै लिनेछन् । तर, पछिल्लो घटनाले क्लब र उनीबीचको चिसोपनलाई थप बढाउन सक्नेछ । आउने दिन क्लबको अध्यक्षमा को चुनिएर आउनेछ त्यसले पनि उनी क्लबमै रहने वा छाड्ने तय हुने अनुमान गरिएको छ ।

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

Success

Thank you for your time.