default_image

3 years ago

February 1, 2021

सुआरेजको दुई गोलमा एट्लेटिकोको १० अंकको अग्रता

एजेन्सी – यो सिजन उच्च लयमा रहेको एट्लेटिको म्याड्रिड र लुईस सुआरेजले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिदा स्पेनिस ला लिगामा १० अंकको स्पष्ट अग्रता बनाएको छ । आइतबार राति क्याडिजलाई उसकै मैदानमा ४–२ ले हराउदै एट्लेटिकोले बार्सिलोना र रियल म्याड्रिडलाई १० अंकले पछि पारेको हो । २० खेलबाट एट्लेटिकोको ५० अंक पुगेको छ । २१ […]

30 views

0 Bookmark

एजेन्सी – यो सिजन उच्च लयमा रहेको एट्लेटिको म्याड्रिड र लुईस सुआरेजले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिदा स्पेनिस ला लिगामा १० अंकको स्पष्ट अग्रता बनाएको छ ।

आइतबार राति क्याडिजलाई उसकै मैदानमा ४–२ ले हराउदै एट्लेटिकोले बार्सिलोना र रियल म्याड्रिडलाई १० अंकले पछि पारेको हो । २० खेलबाट एट्लेटिकोको ५० अंक पुगेको छ । २१ खेल खेलेको बार्सिलोना र रियलको समान ४० अंक छ । क्याडिज २४ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

क्याडिजको मैदानमा एट्लेटिकोको जितमा लुइस सुआरेजले २ तथा सउल निग्वेज र कोकीले समान १ गोल गरे । घरेलु टोलीका अल्भारो नेग्रेडोले दुवै गोल गरेपनि हार टार्न सकेन ।

खेलको २८औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई १–० को अग्रता दिलाए । ३५औं मिनेटमा अल्भारो नेग्रेडोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४४औं मिनेटमा थोमस लेमारको पासमा सउल निग्वेजले गोल गर्दै एट्लेटिकोलाई पहिलो हाफमा २–१ ले अघि बढाए ।

५०औं मिनेटमा लुइस सुआरेजले पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई ३–१ ले अघि बढाए । थोमस लेमारमाथि पेनाल्टी बक्समा मोउरोले फल गरेपछि प्राप्त पेनाल्टीमा सुआरेज चुकेनन् ।

७१औं मिनेटमा अल्भारो नेग्रेडोले व्यक्तिगत दोस्रो गोल गर्दै क्याडिजलाई खेलमा फर्काउने संकेत दिदा खेल ३–२ को अवस्थामा ल्याएका थिए । तर खेल सकिन दुई मिनेट बाँकी रहँदा एन्जल कोरेयाको पासमा कप्तान कोकीले गोल गर्दै एट्लेटिकोलाई ४–२ को जित दिलाए ।

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

Success

Thank you for your time.