default_image

3 years ago

February 1, 2021

रियललाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति एथलेटिको बिल्वाओमाथि २–१ को जित निकाल्दै बार्सिलोनाले रियललाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो । नोउक्याम्पमा बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजमनले गोल गर्दा बिल्वाओले जोर्डी अल्वाबाट उपहार […]

45 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा आइतबार राति एथलेटिको बिल्वाओमाथि २–१ को जित निकाल्दै बार्सिलोनाले रियललाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो ।

नोउक्याम्पमा बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजमनले गोल गर्दा बिल्वाओले जोर्डी अल्वाबाट उपहार गोल पाएको थियो । यससँगै बार्सिलोनाले दुई साताअघिस्पेनिस सुपरकपको फाइनलमा भोगेको हारको बदला लिएको छ ।

खेलको २०औं मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाएका थिए । ४९औं मिनेटमा जोर्डी अल्वाले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको अवस्थामा आएको थियो ।

राहुल गार्सियाको प्रहारलाई जोगाउने क्रममा अल्वाले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।
७४औं मिनेटमा ग्रिजमनले गा्ल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए । उनले ओस्कार मिङगुएजाको पासमा गोल गरेका थिए ।

जितसँगै बार्सिलोनाको २१ खेलबाट ४० अंक पुगेको छ । समान ४० अंक नै भएपनि रियल गोलअन्तरमा तेस्रो स्थानमा झरेको हो । रियल शनिबार राति लेभान्टेसँग २–१ ले पराजित भएको थियो ।

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

Success

Thank you for your time.