default_image

3 years ago

February 1, 2021

सलाहको दुई गोलमा लिभरपुलको जित

एजेन्सी – मोहम्मद सलाहको दुई गोल सहयोगमा मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथि ३–१ को सहज जित आत्मसात गरेको छ । वेस्ट ह्यामको मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलको थप एक गोल जर्जिन्हो वाइनाल्डमको नाममा रह्यो । घरेलु टोलीका क्रेइग डावासने एक गोल फर्काए । घरेलु टोलीलाई लिभरपुलले खेलको सुरुवातदेखि नै दवावमा […]

32 views

0 Bookmark

एजेन्सी – मोहम्मद सलाहको दुई गोल सहयोगमा मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथि ३–१ को सहज जित आत्मसात गरेको छ ।

वेस्ट ह्यामको मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलको थप एक गोल जर्जिन्हो वाइनाल्डमको नाममा रह्यो । घरेलु टोलीका क्रेइग डावासने एक गोल फर्काए ।

घरेलु टोलीलाई लिभरपुलले खेलको सुरुवातदेखि नै दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ५७औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । उनले कर्टिस जोन्सको पासमा गोल गरेका थिए ।

६८औं मिनेटमा सलाहले जद्रान शाकिरीको पासमा व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

८४औं मिनेटमा रोबर्टाे फिर्मिनोको पासमा जर्जिन्हो वाइनाल्डमले गोल गर्दै लिभरपुललाई सहज जिततर्फ अघि बढाए । ८७औं मिनेटमा क्रेइग डावासनले गोल गर्दै खेललाई ३–१ को अवस्थानमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी हुन सफल भयो ।

यो जितसँगै लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको २१ खेलबाट ४० अंक पुगेको छ ।शीर्षस्थानको म्यानचेस्टर युनाइटेडको ४४ तथा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडो ४१ अंक छ । पराजित वेस्ट ह्याम ३५ अंक जोडेर पाँचौ स्थानमा छ ।

प्रिमियर लिगकै अर्काे खेलमा टोटेनहम ब्राइटनसँग १–० ले स्तब्ध बनेको छ । लियान्द्रो ट्रोससाडैले खेलको १७औं मिनेटमा गरेको गोल नै ब्राइटनको जितमा निर्णायक बन्दा टोटेनहम स्तब्ध बन्न पुग्यो ।

यो हारसँगै टोटेनहम २० खेलबाट ३३ अंक जोडेर छैटौ स्थानमा यथावत रहँदा ब्राइटन २१ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

Success

Thank you for your time.