default_image

3 years ago

February 1, 2021

नेपोली र रोमा विजयी

एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोली र रोमाले सहज जित निकालेको छ । घरेलु मैदानमा नेपोलीले पार्मामाथि २–० को सहज जित निकालेको हो । नेपोलीको जितमा इल्जिफ इल्मास र माटियो पोलिटानोले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक–एक गोल भएको थियो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीले […]

34 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोली र रोमाले सहज जित निकालेको छ । घरेलु मैदानमा नेपोलीले पार्मामाथि २–० को सहज जित निकालेको हो ।

नेपोलीको जितमा इल्जिफ इल्मास र माटियो पोलिटानोले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक–एक गोल भएको थियो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको ३२औं मिनेटमा इल्जिफ इल्मासको गोलबाट अग्रता लिएको थियो । उनले डिएगो डिम्मीको पासमा गोल गरेका थिए ।

८२औं मिनेटमा माटियो पोलिटानोले गोल गर्दै नेपोलीलाई २–० को जित दिलाए । यो जितसँगै नेपोली १९ खेलबाट ३७ अंक जोडेर पाँचौ स्थानमा यथाव रहेको छ । पार्मा १३ अंक जोडेर १९औं स्थानमा छ ।

यस्तै सिरी ‘ए’ कै अर्काे खेलमा रोमाले हेलास भेरोनालाई ३–१ ले हराएको छ । रोमाको जितमा जियानलुका मान्सिानी, हेनरिक मिखटरयान र बोर्जा मायोरलले गोल गरे । भेरोनाका इब्रिमा कोलेले एक गोल फर्काए ।

जितसँगै रोमा २० खेलबाट ४० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । हेलास भेरोना ३० अंक जोडेर नवौं स्थानमा छ ।

यस्तै सिरी ‘ए’ कै अर्काे खेलमा एटलान्टा लाजियोसँग ३–१ ल पराजित भएको छ । लाजियोको जितमा एडाम मारुसिस, जोआक्विन कोरेआ र भेडाट मुरिकिले गोल गरे । एटलान्टाका मारियो पासालिसले एक गोल फर्काए ।

जितसँगै लाजियो ३७ अंक जोडेर छैटौ स्थानमा उक्लदा एटलान्टा ३६ अंक जोडेर सातौ स्थानमा झरेको छ ।

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

Success

Thank you for your time.