default_image

3 years ago

February 4, 2021

जनवरीमै रियलको उपाधि दौड कमजोर!

51 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका लागि ला लिगाको उपाधि रक्षा गर्नु लगभग असम्भव जस्तै देखिन थालेको छ । सिजनको मध्यतिर आइपुग्दा नै रियलको उपाधि दौड कमजोर भएको छ । २० खेल सकिंदा टोलीको खातामा मात्र ४० अंक छ ।

२१ औं शताब्दीमा रियलको यो अर्को खराब सुरुवातमा यो सिजन पनि पर्दछ । सन् २०००/०१ यता चार पटक रियल कमजोर अवस्थाबाट गुज्रेको छ । २०००/०१ मा रियलले ६६ अंक जोडेको थियो । त्यस्तै २०१८/१९ मा टोलीले ६८, २००३/०४, २००५/०६ मा ७० अंक, २००६/०७ र २०१७/१८ मा रियलले ७६ अंक जोडेको थियो । त्यस्तै अवस्था यो सिजन पनि बन्ने सम्भावना देखिएको छ ।

रियल म्याड्रिड हाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । दोस्रो स्थानको बार्सिलोनाले पनि २० खेलमा समान ४० अंक जोडेको छ । तर सहरी प्रतिद्वन्द्वी एटलेटिको म्याड्रिडले भने एक खेल कम खेल्दै १० अंकको फराकिलो अग्रता बनाइसकेको छ । एटलेटिको १९ खेलमा ५० अंकसहित लिग उपाधि जित्ने बलियो अवस्थामा छ ।

जिनेदिन जिदानले आफैले सुरु गरेर अन्त्य गरेका ३ मध्ये २ सिजनमा लिग उपाधि जितेका छन् । रियलको तथ्यांक हेर्दा टोलीले या त उपाधि जित्छ या चाडै नै उपाधि दौडबाट बाहिरिएको देखिन्छ । यसपटक रियलले प्रदर्शनमा एकरुपता दिन नसक्दा लिग जित्ने सम्भावना कमजोर बनेको हो ।

म्यानुयल पेलेग्रिनीको नेतृत्वमा रियलले २००९/१० सिजनमा ९६ अंक थियो । त्यति बेला टोली बार्सिलोना भन्दा ३ अंकले पछाडि थियो । जिदानको प्रशिक्षणको पहिलो सिजन रियल धेरै अगाडि नै उपाधि दौडबाट बाहिरिएको थियो ।

जोसे माउरिन्होको नेतृत्वमा १ सय अंकका साथ उपाधि जितेको रियल अर्को सिजन बार्सिलोना भन्दा १५ अंकले पछि परेको थियो । अर्को दुई सिजन ४ चरण अघि नै रियलको उपाधि दौड सकिएको थियो ।

जुलेन लोपेटेगुइ र सान्टियागो सोलारीले रियलको कमान सम्हाल्दा पनि टोली चाँडै उपाधि दौडबाट बाहिरिएको थियो । त्यस्तै राफा बेनिटेज जनवरी अघि नै बर्खास्तमा परेपछि रियलले जिदानलाई पहिलो पटक प्रशिक्षक नियुक्त गरेको थियो ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.