default_image

3 years ago

February 2, 2021

आर्सनलका मुस्ताफी साल्केमा

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलले ओजान काबाकलाई अनुबन्ध गरेपछि जर्मन क्लब साल्केले इंग्लिस क्लब आर्सनलका डिफेन्डर सोकोद्रान मुस्ताफीलाई अनुबन्ध गरेको छ । साल्केले २८ वर्षीय जर्मन रक्षक मुस्ताफीलाई आउदो समरसम्मका लागि अनुबन्ध गरेको हो । रक्षक ओजान काबाक सोमबार राति नै लिभरपुल पुगेपछि साल्केले उनको बिकल्पमा मुस्ताफीलाई अनुबन्ध गरेको हो । लिभरपुलले काबाकलाई तत्कालका […]

18 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलले ओजान काबाकलाई अनुबन्ध गरेपछि जर्मन क्लब साल्केले इंग्लिस क्लब आर्सनलका डिफेन्डर सोकोद्रान मुस्ताफीलाई अनुबन्ध गरेको छ ।

साल्केले २८ वर्षीय जर्मन रक्षक मुस्ताफीलाई आउदो समरसम्मका लागि अनुबन्ध गरेको हो । रक्षक ओजान काबाक सोमबार राति नै लिभरपुल पुगेपछि साल्केले उनको बिकल्पमा मुस्ताफीलाई अनुबन्ध गरेको हो ।

लिभरपुलले काबाकलाई तत्कालका लागि १.५ मिलियन पाउन्डमा तथा पछि स्थायी रुपमा १८ मिलियन पाउन्डमा अनुबन्ध गर्ने शर्त राखेको छ ।

मुस्ताफी २०१६ मा ३५ मिलियन पाउन्डमा स्पेनिस क्लब भ्यालेन्सियाबाट आर्सनल पुगेका थिए । तर मुस्ताफी पछिल्लो समय प्रशिक्षक मिकेल अर्टेटाको नजरमा पर्न सकेका छैनन् । उनले अर्टेटाको प्रशिक्षणमा मात्रै ९ खेलमा अवसर पाएका छन् । मुस्ताफीले आर्सनलबाट ५ वर्षमा १५१ खेल खेल्दा ९ गोल गरेका छन् ।

अघिल्लो सिजन रेलिगेसनबाट मुस्किलले बचेको साल्केको यो सिजनको प्रदर्शन निकै खराव छ । साल्के यो सिजन १९ खेलमा १ जित, ५ बराबरी र १३ हारको नतिजा निकाल्दै ८ अंक जोडेर जर्मन बुन्ेसलिगाको पुछारमा रहेको छ ।

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

Success

Thank you for your time.