default_image

3 years ago

February 2, 2021

इन्टर मिलान र युभेन्टस भिड्दै

39 views

0 Bookmark

एजेन्सी – कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा आज राति इन्टर मिलान र युभेन्टसबीच प्रतिस्पर्धा हुँदैछ । खेल इन्टर मिलानको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ ।

घरेलु मैदानमा हुने पहिलो लेगमा युभेन्टसलाई हराउदै इन्टर फाइनल यात्रा मजवुत बनाउने दाउमा हुनेछ । इन्टर मिलानसँग रोमेलु लुकाकु, लोउटारो मार्टिनेज, क्रिस्टियन इरिक्सन, निको बरेल्ला, अचरफ हाकिमी, इभान पेरिसिस, एलेसान्द्रो बास्टोनी र गोलरक्षक समिर हान्डानोभिचको साथ रहेको छ । इन्टर मिलानले क्वाटरफाइनलमा एसी मिलानलाई २–१ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो ।

यता, युभेन्टस पनि इन्टरलाई उसकै मैदानमा हराउँदै फाइनल यात्रा मजबुत बनाउने दाउमा हुनेछ । टोलीसँग सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा, फेडरिको चिइसा, जुआन कोर्डाडो, वेस्टन म्याकिन्नी, अर्थर, रोड्रिगो बेन्टानकर, डानिलो, जर्जियो चिलियानी, लियोनार्दाे बोनुची र गोलरक्षक वजसिएच सेजेस्नीको साथ रहेको छ । पाउलो डिब्याला चोटका कारण टोलीमा हुनेछैन ।

यि दुई टोलीबीचको पछिल्लो २५ भेटमा युभेन्टस १३ खेलमा विजयी हुदा इन्टरले चार खेल जितेको छ । ८ खेल बराबरीमा सकिएको छ । इन्टरले गत जनवरीमा युभेन्टसलाई २–० ले पराजित गरेको थियो । इन्टर सोही जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा युभेन्टस उक्त हारको बदला लिने दाउमा हनेछ ।

दोस्रो लेग १० फेब्रुअरीमा युभेन्टसको मैदानमा हुनेछ । अर्काे सेमिफाइनलमा बुधबार राति नेपोली र एटलान्टाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो लेग ११ फेब्रुअरीमा हुनेछ ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.