default_image

3 years ago

February 2, 2021

म्यानचेस्टर युनाइटेडलाई साउथह्याम्टनको चुनौती

28 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा साउथह्याम्टनको आतिथ्यता गर्दा वल्भ्सले आर्सनल तथा सेफिल्ड युनाइटेड र वेस्ट ब्रम तथा न्युक्यासल र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुँदैछ ।

युनाइटेड र साउथह्याम्टनबीचको खेल नेपाली समय अनुसार मंगलबार बिहान २ बजे ओल्ड ट्राफोर्डमा हुनेछ । घरेलु मैदानमा हुने खेलमा साउथह्याम्टनलाई हराउन सके युनाइटेडले शीर्षस्थानको सिटीसँग अंक बराबरी गर्नेछ । युनाइटेडको २१ खेलबाट ४१ अंक रहेको छ । २० खेल खेलेको सिटीको ४४ अंक रहेको छ ।

युनाइटेडसँग एन्थोनी मार्सियाल, मार्कुस रासफोर्ड, ब्रुनो फर्नान्डेस, पल पोग्वा, नेमान्जा माटिच, फ्रेड, ह्यारी मिगुएर, इकिर बेइली, भिक्टर लिन्डेलफ, आरोन वान बिशाखा र गोलरक्षक डेभिड डे हेयाको साथ रहेको छ । यस्तै टोलीमा स्कट म्याकटोमिने र लुका सा पनि टोलीमा रहेका छन् ।

यता, साउथह्याम्टन पनि युनाइटेडलाई पराजित गर्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । साउथह्याम्टन २९ अंक जोडेर ११औं स्थानमा रहेको छ । टोलीसँग ड्यानी इंग्स, चे अडाम्स, जेम्स वार्ड प्रोउज, ओरिओल रोमिउ, रायन बर्टान्ड, ज्याक स्टेफेन्स, यान भालेरे, जान बेड नारेक र गोलरक्षक एलेक्स म्याकर्थीको साथ रहेको छ ।

यि दुई टोलीबीचको पछिल्लो १९ खेलको नजिता हेर्दा युनाइटेड हावी छ । युनाइटेडले १० खेल जित्दा साउथह्याम्टनले दुई खेल आफ्नो पक्षमा पारेको छ । ७ खेल बराबरीमा सकिएको छ ।
गत नोभेम्वरमा युनाइटेडले ३–२ ले हराएको थियो । त्यसअघि गत जुलाईमा यि दुई टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

अन्य खेल : सेफिल्डविरुद्ध वेस्ट ब्रम (राति ११ः४५ बजे), वल्भ्सविरुद्ध आर्सनल (राति ११ः४५ बजे), न्युक्यासलविरुद्ध क्रिस्टल प्यालेस (बिहान २ः०० बजे)

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.