default_image

3 years ago

February 3, 2021

साउथह्याम्टनको पोस्टमा म्यानचेस्टरको ९ गोल!

46 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ९ खेलाडीमा समेटिएको साउथह्याम्टनमाथि ९–० को सानदार जित हात पारेको छ ।

घरेलु मैदानमा युनाइटेडको जितमा एन्थोनी मार्सियालले दुई गोल गर्दा आरोन वान बिशाखा, मार्कुस रासफोर्ड, इडिन्सन काभानी, स्कट म्याकटोमिने, ब्रुनो फर्नान्डेस र ड्यानियल जेम्सले गोल गरे । एक गोल उपहार पाएको थियो ।

ओल्डट्राफोर्डमा मंगलबार राति गोलको वर्षा भएको खेलमा पाुहना टोली खेलको दोस्रो मिनेटमा नै ९ खेलाडीमा समेटिदा त्यसको फाइदा युनाइटेडले उठाउन सफल भयो । एलेसान्द्रे जान्कीविट्जले स्टक म्याकटोमिनेमाथि खराव ट्याकल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए ।

१८औं मिनेटमा आरोन वान बिशाखाले लुका साको पासमा गोल गर्दै युनाइटेडलाई १–० ले अघि बढाए । २५औं मिनेटमा मार्कुस रासफोर्डले मासन ग्रीनवुडको पासमा गोल गर्दै अग्रता दोब्बर पारे ।

३४औ मिनेटमा जान बेडनारेकले आत्मघाती गोल गरेपछि युनाइटेडले खेलमा ३–० को अग्रता लियो । ३९औं मिनेटमा लुका साकै पासमा इडिन्सन काभानीले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा ४–० को आरामदायी अग्रता दिलाए ।

५४औं मिनेटमा चे एडाम्सले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा साउथह्याम्टन गोल अन्तर कम गर्नबाट चुक्यो । ६९औं मिनेटमा एन्थोनी मार्सियालले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै खेललाई ५–० ले अघि बढाए ।

७१औं मिनेटमा स्कट म्याकटोमिनेले गोल गर्दै युनाइटेडलाई फराकिलो जिततर्फ अभघि बढाए । ८६औं मिनेटमा जान बेडनारेकले मार्सियालमाथि पेनाल्टी बक्समा फल गरेपछि सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि साउथह्याम्टन ९ खेलाडीमा समेटिन पुग्यो ।

त्यसपछि युनाइटेडले थप तीन गोल गरेको थियो । त्यसमै प्राप्त पेनाल्टीमा ब्रुनो फर्नान्डेसले गोल गरे । ९०औं मिनेटमा मार्सियालले व्यक्तिगत दोस्रो तथा टोलीका लागि आठौं गोल गर्दै युनाइटेडलाई ८–० ले अघि बढाए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा ड्यानियल जेम्सले गोल गर्दै युनाइटेडलाई ९–० को फराकिलो जित दिलाए

यो जितसँगै युनाइटेडले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेपनि गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । युनाइटेडको २२ खेलबाट ४४ अंक पुगेको छ ।

२० खेल खेलेको सिटीको ४४ अंक छ । पराजित साउथह्याम्टन २९अंक जोडेर १२औं स्थानमा रहेको छ ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.