default_image

3 years ago

February 4, 2021

लिभरपुल ब्राइटनसँग स्तब्ध

34 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा मर्सिसाइड क्लब लिभरपुलले खराव प्रदर्शनलाई निरन्तरता दिदा घरेलु मैदानमा ब्राइटनसँग १–० ले स्तब्ध बनेको छ ।

लिभपुललाई स्तब्ध पार्न ब्राइटनका स्टेभेन एल्जेटले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।एनफिल्डमा बुधबार राति भएको खेलमा घरेलु टोलीले बल पोसेसनमा बलियो पकड बनाएपनि अग्रपङ्ति फिनिसिङमा चुक्दा स्तब्ध बन्न पुग्यो ।

खेलको तेस्रो मिनेटमा नै कप्तान जोर्डन हेन्डरसनको पासमा मोहम्मद सलाह चुके । २४औं मिनेटमा मोउपे र बर्नको समन्वयमा बनेको मुभमा ब्राइटनले गोल गर्न सकेन ।

५३औं मिनेटमा रोबर्टाे फिर्मिनोको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा लिभरपुल अग्रता लिनबाट चुक्यो । ५६औं मिनेटमा स्टेभेन एल्जेटले लियान्द्रो ट्रोसार्डको पासमा गोल गर्दै ब्राइटनलाई १–० को अग्रता दिलाए । ७०औं मिनेटमा लिभरपुल बराबरीबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल स्तब्ध बन्न पुग्यो ।

यो हारसँगै लिभरपुलको उपाधि यात्रा कमजोर बनेको छ । लिभरपुल २२ खेलबाट ४० अंक जोडेर चौथो स्थानमा झरेको छ । लिभरपुल शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ७ अंकले पछि परेको छ । ब्राइटन २४ अंक जोडेर १५औं स्थानमा उक्लिएको छ ।

अन्य नजिता
बर्नलेविरुद्ध म्यानचेस्टर सिटी (०–), फुलहमविरुद्ध लेस्टर सिटी (०–), लिड्सविरुद्ध एभर्टन (१–२), एस्टन भिल्लाविरुद्ध वेस्ट ह्याम (१–)

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.