default_image

3 years ago

February 6, 2021

रियल म्याड्रिडलाई हुएस्काको चुनौती

20 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा रियल म्याड्रिडले एसडी हुएस्काको सामना गर्दैछ । खेल हुएस्काको मैदानमा नेपाली समयअनुसार राति ९ बजे हुनेछ ।

हुएस्कालाई हराउँदै रियल म्याड्रिड शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी कम गर्दै दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । समान २० खेलबाट समान ४० अंक भएपनि रियल गोल अन्तरमा बार्सिलोनासँग पछि पर्दै तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो पाँच खेलमा एक जित मात्रै निकाल्न सकेको रियल हुएस्कालाई हराउँदै जितको लयमा फर्कने लक्ष्यमा हुनेछ । यसक्रमममा रियलले १ बराबरी र तीन हारको सामना गरेको छ । उपाधि यात्रा जीवितै राख्न पनि रियललाई हुएस्काविरुद्धको जित आवश्यक छ ।

इडेन हाजार्ड चोट बोक्दै बाहिरिएपनि टोलीसँग करिम बेन्जेमा, भिनिसियस जुनियर, मार्काे एसेन्सियो, टोनी क्रुस, क्यासमिरो, लुका मोड्रिच, फर्लान्ड मेन्डी, राफयल भरान, अल्भारो ओर्डिजोला र गोलरक्षक थिवाउट कोर्टुवाको साथ रहेको छ । कप्तान रामोसले चोटपछिको तीन खेलपछि टोलीमा पूनरागमन गर्ने तयारी रहेपनि शंका रहेको छ । यस्तै प्रशिक्षक जिनेदिन जिदानले पनि दुई सातापछि टच लाइन सम्हाल्नेछन् ।

यता, रेलिगेसन जोनको पुछारमा रहेको हुएस्का पनि घरेलु मैदानमा रियललाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । रियललाई हराउन सके हुएस्का १८औं स्थानमा उक्लनेछ । टोलीसँग राफा मिर, जाभी ओटिभेरोस, जाभी गलान, जेइमी सिएनी, मिकेल रिको, पाब्लो माफियो, गास्टन सिल्भा, जर्ज पुलिडो र गोलरक्षक अल्भारो फर्नान्डेजको साथ रहेको छ ।

यि दुई टोलीको पछिल्लो तीन भेटमा रियल तीन खेलमा विजयी भएको छ । रियल सोही जितको लयलाई निरन्तरता दिने दाउमा रहँदा हुएस्का रियलसँगको हारको यात्रालाई पुर्णविराम लगाउने दाउमा हुनेछ ।

अन्य खेल
लेभान्टेविरुद्ध ग्रानडा (साँझ ६ः४५ बजे), इल्चेविरुद्ध भिल्लारियल (राति ११ः१५ बजे) र सेभियाविरुद्ध गेटाफे (राति १ः४५ बजे)

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.