default_image

3 years ago

February 7, 2021

रोनाल्डोको गोलमा युभेन्टसको विजयी

45 views

0 Bookmark

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको गोल मद्दतमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा रोमालाई २–० ले पराजित गरेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा युभेन्टसले एक गोल उपहार पाएको थियो । एलिएन्ज एरिना टुरिनमा युभेन्टसको खेलको १३औं मिनेटमा रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । उनले अल्भारो मोराटाको पासमा गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलको ६९औं मिनेटमा रोजर इवानेजले आत्मघाती गोल गरेपछि युभेन्टस सहज जिततर्फ अघि बढेको थियो ।

जुआन कोर्डाडोबाट डिजान कुलुसेभ्स्कीले गरेको क्रसलाई क्लियर गर्ने क्रममा इवानेजले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस २–० ले विजयी हुन सफल भयो ।

यो जितसँगै युभेन्टस २० खेलबाट ४२ अंक जोडेर रोमालाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको छ । युभेन्टस शीर्षस्थानको एसी मिलानसँग ५ अंकले तथा इन्टर मिलानसँग ४ अंकले पछि छ । पराजित रोमा ४० अंक जोडेर चौथो स्थानमा झरेको छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा नेपोली जिनोआसँग २–१ ले पराजित भएको छ । जिनोआका लागि दुवै गोल गोरान पाण्डेभले गर्दा नेपोलीका माटियो पोलिटानोले गोल गरेपनि हार टार्न सकेन ।

यस नतिजासँगै जिनोआ २१ खेलबाट २४ अंक जोडेर ११औं स्थानमा उक्लदा नेपोली ३७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.