default_image

3 years ago

February 7, 2021

लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी लिभरपुलको भ्रमणमा निस्कदैछ । लिभरपुल र सिटीबीचको खेल एनफिल्डमा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । घरेलु मैदान हुने खेलमा लिभरपुल सिटीलाई हराउदै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । पछिल्लो खेलमा औसतको प्रदर्शन गरेका लिभरपुल सिटीलाई हराउदै जितको […]

47 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी लिभरपुलको भ्रमणमा निस्कदैछ ।

लिभरपुल र सिटीबीचको खेल एनफिल्डमा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । घरेलु मैदान हुने खेलमा लिभरपुल सिटीलाई हराउदै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।

पछिल्लो खेलमा औसतको प्रदर्शन गरेका लिभरपुल सिटीलाई हराउदै जितको लय पक्रने दाउमा हुनेछ । लिभरपुलले पछिल्लो पाँच खेलमा दुई जित निकाल्दा ३ खेलमा हार बेहोरेको छ । अघिल्लो साता लिभरपुल ब्राइटनसँग १–० ले स्तब्ध बनेको थियो ।

उक्त हारलाई बिर्संदै लिभरपुल अघि बढ्ने सोचमा हुनेछ । टोलीसँग साडियो माने, मोहम्द सलाह, रोबर्टाे फिर्मिनो, जोर्डन हेन्डरसन, जर्जिन्हो वाइनाल्डम, थियागो अलकान्तरा, एन्ड्रु रोबर्टसन, फाविन्हो, एलेक्सान्डर अर्नाेल्ड, ओजान कावाक र गोलरक्षक इलिसन बेकर हुनेछन् ।

चोटका कारण गोलरक्षक बेकरले खेल्ने सम्भावना न्युन रहेको छ । यस्तै टोलीसँग डिभोक ओरिगी, कर्टिस जोन्स र अक्सलेड चेम्वरलेन पनि रहेको छ ।

यता, पछिल्लो २० खेलसम्म अपराजित रहेको सिटी लिभरपुललाई उसकै मैदानमा हराउदै अपराजित यात्रालाई निरन्तरता दिदै आफ्नो शीर्षता थप पकड बनाउने लक्ष्यमा हुनेछ ।

सिटी २१ नोभेम्वर २०२० मा टोटेनहमसँग २–० ले पराजित भएयता अपराजित छ । जसमा १७ जित र ३ बराबरीको नतिजा छ । शीर्षस्थानमा रहेको सिटीको २१ खेलबाट ४७ अंक रहेको छ ।

टोलीसँग गाब्रियल जेसस, फिल फोडेन, बर्नाडो सिल्भा, रहिम स्टर्लिङ, इल्केए गुन्डोगान, फर्नाडिन्हो, जिन्चेन्को, रुवेन डियास, जोन स्टोन्स, केएल वाल्कर र गोलरक्षक इडर्सन मोराएस रहेका छन् । यस्तै टोलीसँग रोड्री, एमरिक लापोर्ट र जोओ क्यान्सिलो पनि रहेको छ ।

यि दुई टोलीबीचको पछिल्लो २९ खेलको नतिजामा लिभरपुल १२ खेलमा विजयी भएको छ । ७ खेल सिटीले आफ्नो पक्षमा पार्दा १० खेल बराबरीमा सकिएको छ । यि दुई टोलीले पछिल्लो पटक १–१ गोलको बराबरी खेलेका थिए । त्यसअिघ सिटीले ४–० को जित निकालेको थियो ।

अन्य खेल : टोटेनहमविरुद्ध वेस्ट ह्याम (साँझ ५ः४५ बजे), वल्भ्सविरुद्ध लेस्टर (राति ७ः४५ बजे), सेफिल्डविरुद्ध चेल्सी (राति १ः०० बजे)

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.