3 years ago
February 7, 2021
एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केन र दक्षिण कोरियन फरवार्ड ह्युङ मिन सनको गोल मद्दतमा टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिगमा वेस्ट ब्रमलाई २–० ले पराजित गरेको छ । घरेलु मैदान टोटेनहम हस्टपर स्टेडियममा केन र सनले दोस्रो हाफमा ४ मिनेटको अन्तरमा दुई गोल गर्दै जित दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलको ५४औं मिनेटमा ह्यारी केनले गोल […]
एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केन र दक्षिण कोरियन फरवार्ड ह्युङ मिन सनको गोल मद्दतमा टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिगमा वेस्ट ब्रमलाई २–० ले पराजित गरेको छ ।
घरेलु मैदान टोटेनहम हस्टपर स्टेडियममा केन र सनले दोस्रो हाफमा ४ मिनेटको अन्तरमा दुई गोल गर्दै जित दिलाएका थिए ।
प्रतिस्पर्धात्मक खेलको ५४औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए । उनले पिएरे इमिल होब्जजर्गको पासमा गोल गरेका थिए ।
५८औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । उनले लुकास मोउराको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा टोटेनहम विजयी हुन सफल भयो ।
यस जितसँगै टोटेनहम २२ खेलबाट ३६ अंक जोडेर सातौ स्थनमा उक्लिएको छ । पराजित वेस्ट ब्रम २३ खेलबाट १२ अंक जोडेर १९औं स्थानमा रहेको छ ।
May 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]
May 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]
May 2, 2024
दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको थियो। त्यसमा ७ लाख […]