default_image

3 years ago

February 7, 2021

ज्लाटन र रेविच चम्कँदा मिलानको सानदार जित

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच र एन्टी रेविच चम्कँदा एसी मिलानले इटालियन सिरी ‘ए’ मा सानदार जित निकालेको छ । घरेलु मैदानमा ज्लाटन र रेविचले समान दुई गोल गरेपछि मिलानले क्रोटोनमाथि ४–० को सानदार जित हात पारेको हो । पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल भएको थियो । मिलानो इटालीमा आइतबार राति […]

41 views

0 Bookmark

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच र एन्टी रेविच चम्कँदा एसी मिलानले इटालियन सिरी ‘ए’ मा सानदार जित निकालेको छ ।

घरेलु मैदानमा ज्लाटन र रेविचले समान दुई गोल गरेपछि मिलानले क्रोटोनमाथि ४–० को सानदार जित हात पारेको हो । पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल भएको थियो । मिलानो इटालीमा आइतबार राति भएको खेलमा मिलानले खेलको ३०औं मिनेटमा ज्लाटनको गोलबाट अग्रता लिएको थियो ।

ज्लाटनले राफयल लियोको पासमा गोल गरेका थिए । ६४औं मिनेटमा ज्लाटनले थियो हर्नान्डेजको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।

त्यसपछिको दुवै गोल एन्टी रेविचको नाममा रह्यो । ६९औं मिनेटमा एन्टी रेविचले गोल गर्दै मिलानलाई ३–० ले अघि बढाए । उनले हकान चाल्हानोग्लुको पासमा गोल गरेका थिए । लगत्तै ७०औं मिनेटमा रेविचले गोल गर्दै मिलानलाई ४–० को फराकिलो जित दिलाए । उनले यसपटक पनि चाल्हानोग्लुकै पासमा गोल गरेका थिए ।

यस जितसँगै मिलान २१ खेलबाट ४९ अंक जोड्दै शीर्षस्थानमा फर्किएको छ । मिलाले शहरी प्रतिद्वन्द्वी इन्टर मिलानलाई २ अंकले पछि पारेको छ । पराजित क्रोटोन १२ अंक जोडेर पुछारमा रहेको छ ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.