default_image

3 years ago

February 8, 2021

मेस्सी र ट्रिन्काओको गोलमा बार्सिलोनाको पूनरागमन जित

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले रियल बेटिसलाई उसकै मैदानमा ३–२ ले पराजित गरेको छ । बार्सिलोनाले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित हात पारेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सी र ट्रिन्काओले गोल गर्दा एक गोल उपहार पाएको थियो । बेटिसका बोर्जा इग्लिसियस र भिक्टर रुइजले गोल गरेपनि हार टार्न […]

50 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले रियल बेटिसलाई उसकै मैदानमा ३–२ ले पराजित गरेको छ ।

बार्सिलोनाले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित हात पारेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सी र ट्रिन्काओले गोल गर्दा एक गोल उपहार पाएको थियो । बेटिसका बोर्जा इग्लिसियस र भिक्टर रुइजले गोल गरेपनि हार टार्न सकेन ।

बेटिसमा आइतबार राति भएको खेलको ३८औं मिनेटमा घरेलु टोलीले बोर्जा इग्लिसियसको गोलबाट अग्रता लिएको थियो । उनले इमर्सनको पासमा गोल गरेका थिए । ५९औं मिनेटमा सब्सिच्युट लियोनेल मेस्सीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । मेस्सी ५७औं मिनेटमा रिकी पुचको स्थानमा मदान प्रवेश गरेको थियो ।

६८औं मिनेटमा भिक्टर रुइजले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेलमा २–१ को अग्रता सलन सफल भयो । ७५औं मिनेटमा नविल फेकिरको पासमा भिक्टर रुइजले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । खेल सकिन ३ मिनेट बाँकी रहँदा ट्रिन्काओले गोल गर्दै बार्सिलोनालाई ३–२ को संघर्षपुर्ण जित दिलाए ।

यस जितसँगै बार्सिलोना २१ खेलबाट ४३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ४३ अंक भएपनि रियल म्याड्रिड गोल अन्तरमा तेस्रोमा रहेको छ । पराजित बेटिस ३० अंकसहित सातौ स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडको १९ खेलबाट ५० अंक छ ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.