default_image

3 years ago

February 9, 2021

वालिङमाथि आर्मीको जित

24 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि होडमा रहेको विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिका स्याङ्जालाई २–० ले पराजित गरेको छ ।

आर्मीको जितमा शर्मिला थापाले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । यो जितसँगै आर्मीले शीर्षस्थानमा रहेको एपिएफसँगको अंक दुरी छोट्याएको छ । आर्मीको ८ खेलबाट १९ अंक पुगेको छ । शीर्षस्थानमा रहेको एपिएफको २१ अंक छ । एपिएफले एक खेल कम खेलेको छ । पराजित वालिङ ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

खेलको पहिलो मिनेटम शर्मिला थापाले गोल गर्दै आर्मीलाई १–० ले अघि बढाईन् उनले इन्दिरा राईको पासलाई सहजै गोलमा परिणत गरेकी थिइन् । १४औं मिनेटमा मेथो एलुड रुथको प्रहारलाई आर्मीकी गोलरक्षक अन्जना रानामगरले पञ्च गर्दै बचाईन् ।

२७औं मिनेटमा बिमला चौधरीको प्रहार पोलमा लागेर फर्कदा आर्मी अग्रता दोब्बर पार्नबाट चुक्यो । ४२औं मिनेटमा पुष्पा गुरुङले आत्मघाती गोल गरेपछि आर्मीले खेलमा २–० को अग्रता लिन सफल भयो । उनले सपना लामाको क्रसलाई बिमला चौधरीले प्रयास गर्दा पुष्पालाई लाग्दै गोलमा परिणत भएको थियो । ४४औं मेथो एलुडले तीन डिफेन्डरलाई बिट गर्दै प्रहार गर्न ढिला गर्दा सुनिता चौधरीले क्लियर गरिदिइन् ।

८४औं मिनेटमा वालिङ १० खेलाडीमा समेटियो । सपना लामालाई फल गरेपछि रेफ्री रोजेन्द्र खड्गीले कियोमेग्ने जोमो भेनेसा नोइल्लीलाई दोहोरो पहेलो कार्ड देखाउदै मैदान बाहिर पठाए । त्यसपछि थप गोल निस्कन नसक्दा आर्मी विजयी हुन सफल भयो ।

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

Success

Thank you for your time.