default_image

3 years ago

February 9, 2021

निरुको दुई गोलमा पुलिसको सहज जित

21 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड निरु थापाको दुई गोल सहयोगमा विभागीय नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा बिराटनगर महानगरपालिका मोरङमाथि ३–० को सहज जित हात पारेको छ ।

एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा पुलिसको जितमा थप एक गोल निर्मला उपाध्ययले गरिन् । यससँगै पुलिसले पहिलो राउन्डमा भोगेको हारको बदला लिन सफल भएको छ । पुलिस पहिलो राउन्डमा १–० ले स्तब्ध भएको थियो ।

खेलको २३औं कप्तान घिम कुमारी गुरुङको फ्रिकिकमा निरु थापाको फ्रि हेडर पोस्टनजिकैबाट बाहिरियो । ३१औं मिनेटमा निर्मला बिकेको प्रहारलाई बिराटनगरकी कप्तान कल्पना कार्कीले बचाईन् ।

४१औं मिनेटमा निर्मला उपाध्ययले गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाईन् । निर्मला उपाध्यय र निर्मला बिकेको समन्वयमा बनेको मुभमा उपाध्ययको प्रहार डिफ्लेक्ट भएर गोलमा परिणत हुदा गोलरक्षक कल्पना कार्कीले रोक्ने कुनै मौका नै पाइनन् ।

५७औं मिनेटमा निरु थापाले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन् । निर्मला उपाध्ययको प्रहारलाई गोलरक्षक कल्पना कार्कीले राम्ररी नियन्त्रणमा लिन नसकेको बललाई निरुले जाली चुमाएकी थिइन् ।

६०औं मिनेटमा निरु थापाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पुलिसलाई ३–० को सहज जित दिलाइन् । पेनाल्टी बक्समा सरिता शेर्पाले क्लियर गर्न नसकेको बललाई निरुले जाली चुमाएकी थिइन् ।

यस जितसँगै पुलिस ८ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । वालिङसँग समान ११ अंक रहेपनि हेड टु हेडमा पुलिस पछि परेको हो । पहिलो राउन्डमा यि दुई टोलीले पहिलो राउन्डमा १–१ गोलको बराबरी खेल्दा दोस्रो राउन्डमा वालिङ १–० ले विजयी भएको थियो । पराजित विराटनगर ८ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा झरेको छ ।

लिगमा बुधबार चन्द्रपुर नगरपालिका रौतहट र नेपाल एपिएफ क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

Success

Thank you for your time.