default_image

3 years ago

February 10, 2021

बेन्जेमा र मेन्डीको गोलमा रियलको जित

33 views

0 Bookmark

एजेन्सी – फ्रेन्च फरवार्ड करिम बेन्जेमा र रक्षक फर्लान्ड मेन्डीको गोल सहयोगमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेलाई २–० ले पराजित गरेको छ ।

अल्फ्रेडो डि स्टेफानोमा मंगलबार राति भएको खेलमा रियलले दोस्रो हाफमा ६ मिनेटको अन्तरमा दुई गोल गर्दै सहज जित निकालेको हो । चोटका कारण मुख्य खेलाडी टोलीमा नरहेपनि रियलले सहज जित निकाल्न सफल भयो ।

चोटका कारण टोलीमा कप्तान सर्जियो रामोस, टोनी क्रुस, लुकास भाज्क्वेज, फेड भाल्भेर्डे, इडर मिलिसाओ, ड्यानी कार्भाजल, इडेन हाजार्ड, रोड्रिगो र अल्भारो ओर्डिजोला टोलीमा थिएनन् ।

बल पोसेसनमा खेलको सुरुवात देखि नै पकड जमाएपनि रियलले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ६०औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । उनले भिनिसियस जुनियरको पासमा गोल गरेका थिए ।

६६औं मिनेटमा डिफेन्डर फर्लान्ड मेन्डीले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । उनले अर्काे डिफेन्डर तथा टोलीको कप्तानी गरिरहेका मार्सेलोको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो ।

यो जितसँगै रियल २२ खेलबाट ४६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिडभन्दा ५ अंकले पछि छ । यद्दपि एट्लेटिकोले दुई खेल कम खेलेको छ । पराजित गटोफे २४ अंक जोडेर १३औं स्थानमा छ ।

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

Success

Thank you for your time.