default_image

3 years ago

February 10, 2021

म्यानचेस्टर एफए कपको क्वाटरफाइनमा

26 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी वेस्ट ह्याम युनाइटेडलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलमा युनाइटेडको जितमा स्कट म्याकटोमिनेले गरेको गोलले युनाइटेडले अन्तिम आठको यात्रा तय गर्न सफल भयो । उनले ९७औं मिनेटमा मार्कुस रासफोर्डको पासमा गोल गरेका थिए ।

खेलको ११औं मिनेटमा युनाइटेडका एलेक्स टेलासले मार्कुस रासफोर्डसँग वान टु वान पास खेल्दै बनेको मुभलाई एन्जेलो ओग्वोन्नाले ब्लक गरे । २७औं मिनेटमा एलेक्स टेलासको कर्नरमा भिक्टर लिन्डेलफको प्रहार डावासनलाई डिफ्लेक्ट हुदै आएको बललाई गोलरक्षक लुकास्ज फाविएन्स्कीले बचाए ।

५३औं मिनेटमा एन्थोनी मार्सियालको प्रहारलाई गोलरक्षक फाविएन्स्कीले विफल पारे । त्यसपछि पनि गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो । ९७औं मिनेटमा स्कट म्याकटोमिनेले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए ।

उनले मार्कुस रासफोर्डको पासमा गोल गरेका थिए । ११४औं मिनेटमा बिन जोन्सनको क्रसमा सेइड बेनरहमाको प्रहार सिधै गोलरक्षक डिन हेन्डरसनको हातमा पुग्दा वेस्टह्याम बराबरीबाट चुक्यो ।

अर्काे खेलमा बर्नमाउथले बर्नलेलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । बर्नमाउथका साम सुरिज र जुनियर स्टानिसलासले गोल गरे ।

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

Success

Thank you for your time.