default_image

3 years ago

February 10, 2021

सावित्राको दोहोरो ह्याट्रिकमा एपिएफ अपराजित

25 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सावित्रा भण्डारी ‘साम्वा’ दोहोरो ह्याट्रिक र अनिता बस्नेतको दुई गोल सहयोगमा अपराजित रहेको नेपाल एपिएफ क्लबले चन्द्रपर नगरपालिका रौतहटमाथि ८–० को फराकिलो जित निकालेको छ ।

पहिलो राउन्डमा एपिएफले ६–० को फराकिलो जित निकालेको थियो । दोस्रो राउन्डमा पनि जितको लयलाई निरन्तरता दिदा चन्द्रपुरको एपिएफको दवाव झेल्न सकेन ।

खेलको पहिलो मिनेटमा नै एपिएफले कप्तान अनिता बस्नेतको पासमा गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाइन् ।

छैटौ मिनेटमा सावित्राले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन् । ३३ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि एपिएफले पहिलो हाफमा ३–० को अग्रता लिन सफल भयो । सुस्मा महर्जनले डिबक्स बाहिर ह्याण्ड गरेपछि पाएको फ्रिकिकलाई साबित्राले सदुपयोग गरिन् ।

४७औं मिनेटमा सावित्राले गोल गर्दै हयाट्रिक पुरा गरिन् । ५४औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरिन् । ६०औं मिनेटमा सावित्राको गोलमा एपिएफले खेलमा ६–० को अग्रता लिन सफल भयो ।

६२औं मिनेटमा सावित्राले व्यक्तिगत पाँचौ गोल गरिन् । ७९औं मिनेटमा सावित्राले दोहोरो ह्याट्रिक पुरा गर्दा एपिएफले खेलमा ८–० को आरामदायी अग्रता लिन सफल भयो ।

यो जितसँगै अपराजित रहेको एपिएफको उपाधि यात्रालाई बलियो बनाउदा दोस्रो स्थानमा रहेको आर्मीलाई ५ अंकले पछि पारेको छ । एपिएफको ८ खेलबाट २४ अंक छ ।

एपिएफले लिगको आठौं चरण सकिदा ६५ गोल गर्दा एक गोल पनि खाएको छैन । दोस्रो स्थानमा रहेको आर्मीको १९ अंक छ । पराजित चन्द्रपुर ८ खेलबाट ६ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

लिगमा बिहीबार दुई खेल हुनेछ । पहिलो खेलमा चौदन्डीगढी नगरपालिका उदयरपुर र वालिङ नगरपालिका स्याङ्जा तथा दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र बिराटनगर महानगरपालिका मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

Success

Thank you for your time.