default_image

3 years ago

February 10, 2021

वडा नं ७ लाई दुहबी मेयर कप उपाधि

20 views

0 Bookmark

दुहबी (हाम्रो खेलकुद) – वडा नं ७ ले सुनसरीको दुहबी तेस्रो मेयर कप फुटबल प्रतियोगिता उपाधि जितेको छ । वडा नं १० लाई बुधबार भएको फाइनलमा १–० ले हराउँदै वडा नं ७ ले उपाधि जितेको हो ।

सेवन ऋषिदेवको एक मात्र गोलमा वडा नं ७ ले उपाधि उचालेको थियो । सेवनले ६१ औं मिनेटमा गरेको गोल खेलेको निर्णायक बनेको थियो । विजेता टोलीले १ लाख १ हजार १ सय र दोस्रो टोली ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका छन् ।

सेमिफाइनलमा वडा नं ४ लाई पेनाल्टीसुटआउटमा ४–२ ले हराउँदै वडा नं १० फाइनलमा पुगेको थियो । पहिलो सेमिफाइनलमा नम्वर ७ ले वडा नम्वर ६ लाई ४–२ ले हराउदै फाइनलमा पुगेको थियो ।

प्रतियोगिता दुहबी नगरपालिकाको आयोजना तथा दुहबीको एलेभन एरोज क्लबले संयोजनमा भएको थियो । दुहबीका नगरपालिका मेयर वेद नारायण गच्छदारलगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।

माघ १७ गते देखि सुरु भएको प्रतियोगितामा नगरपालिकाका १२ वटा वडाको सहभागिता थियो । प्रतियोगिताको समूह ’क’ मा वडा नं १२, ६, ११, १, ८ र ७ तथा समूह ’ख’ मा वडा नं २, ३, १०, ९, ५ र ४ रहेका थिए ।

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

Success

Thank you for your time.