default_image

3 years ago

February 11, 2021

बार्सिलोनामाथि सेभियाको जित

39 views

0 Bookmark

एजेन्सी – स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा सेभियाले क्याटलान क्लब बार्सिलोनालाई २–० ले पराजित गरेको छ ।

रमन सान्चेज पिजुआन सेभियामा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा जुलेस कुन्डे र इभान राकिटिचले गोल गरे । खेलको २५औं मिनेटमा जुलेस कुन्डेले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए ।

उनले आफ्नो जोनबाट बल अघि बढाउदै राकिटिचसँग एक पास देख्लै डिफेन्डर स्यामुइल उम्टिटीलाई बिट गर्दै गरेको प्रहारलाई बार्सिलोनाका गोलरक्ष्क मार्क आन्दर टेर स्टेगनले रोक्न सकेनन् । पहिलो हाफको इन्ज्युरी समयमा कप्तान इस्कुडेरोको प्रहारलाई टेर स्टेगनले मुस्किलले बचाउदा सेभिया अग्रता दोब्बर पार्नबाट चुक्यो ।

५४औं मिनेटमा फ्रान्की डि जोङको पासमा कप्तान लियोनेल मेस्सीको प्रहारलाई गोलरक्षक यासिर बोनोउले सहजै बचाए । ८५औं मिनेटमा इभान राकिटिचले आफ्नै पुर्व क्लबविरुद्ध गोल गर्दै सेभियाको अग्रता दोब्बर पारे ।

उनले ओलिभर टोरेसको पासलाई सदुपयोग गरेका थिए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मेस्सीको प्रहारलाई गोल रक्षक बोनोउले मुस्किलले बचाउदै बार्सिलोनालाई २–० को हार चखाउन सफल भयो ।

यस जितसँगै सेभियाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके सेभिया फाइनलमा पुग्नेछ । बार्सिलोनालाई भने कम्तीमा पनि २–० को जितको खाँचो छ । दोस्रो लेगको खेल नोउ क्याम्पमा ४ मार्चमा हुनेछ ।

कोपा डेल रेको दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राति एथलेटिको बिल्वाओ र लेभान्टेबीच राति १ः४५ बजे प्रतिस्पर्धा हुदैछ ।

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

Success

Thank you for your time.